जनतामा आशा जगाउनेगरी काम गर्न खानेपानीमन्त्री यादवको निर्देशन « Khabarhub

जनतामा आशा जगाउनेगरी काम गर्न खानेपानीमन्त्री यादवको निर्देशन


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानी मन्त्री प्रदीप यादवले जनतामा सृजित निराशालाई आशामा परिणत गर्ने गरी काम गर्न निर्देशन दिएका छन् ।

मन्त्री यादवले आज काठमाडौँस्थित नेपाल खानेपानी संस्थान पुगेर संस्थानको खानेपानी वितरण प्रणालीलाई सुदृढ गर्दै जनताको निराशालाई आशामा परिणत गर्ने गरी काम गर्न निर्देशन दिए। 

उनले भने, ‘जनताको निराशालाई आशामा परिणत गर्ने गरी काम गर्नुस्, के सहयोग चाहिन्छ, मन्त्रालय गर्न तयार छ ।’

उनले नागरिकले शुद्ध खानेपानी खानका लागि सङ्घर्ष समिति गठन गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै जनतामा नेतृत्वप्रति चरम निराशा छाएको उल्लेख गरे। 

सोही क्रममा मन्त्री यादवले नेपाल खानेपानी संस्थानका गतिविधि, देशभर सञ्चालनमा रहेका कार्यालयको अवस्था, सञ्चालनमा रहेका परियोजना तथा कार्यक्रम र कार्यान्वयनका क्रममा आएका चुनौतीको जानकारी लिएका थिए । 

मन्त्री यादवले आजै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको मुख्य कार्यालयको भ्रमण पनि गरे ।

 भ्रमणका क्रममा उनले कम्पनीको इतिहास, गतिविधि, सञ्चालनमा रहेका परियोजना, तिनीहरूको कार्यान्वयनको अवस्था, प्रगति विवरण, आगामी कार्य योजना तथा चुनौतीबारेमा विस्तृत जानकारी लिए । 

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ७ : २७ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी