पाराओलम्पिकमा सहभागी हुने नेपाली खेलाडीलाई कोरियाली दूतावासमा सम्मान « Khabarhub

पाराओलम्पिकमा सहभागी हुने नेपाली खेलाडीलाई कोरियाली दूतावासमा सम्मान


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठ मनाइएको छ । साे उपलक्ष्यमा दक्षिण कोरियाली दूतावासले यस वर्ष जनवरीदेखि नै विभिन्न कार्यक्रमहरू गर्दै आएको छ।

मंगलबार दूतावासले पाराओलम्पिक २०२४ मा सहभागी हुने नेपाली पारातेक्वान्दो टोलीलाई सम्मानका साथै हौसला प्रदान गरेको छ ।

२८ अगस्टदेखि ८ सेप्टेम्बरसम्म आयोजना हुने पाराओलम्पिक २०२४ मा नेपाली तेक्वान्दो महिला खेलाडी पलेशा गोवर्द्धन र पुरुष खेलाडी भरतसिंह महतले प्रतिस्पर्धा गरेर सुखद नतिजाको अपेक्षा गरिएको छ।

पलेशासहित पाराओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई दक्षिण कोरियाली दूतावासले सम्मान तथा हौसला दिने कार्यक्रम गरेर बिदाई गरेको छ ।

दूतावासमा आयोजित कार्यक्रममा कोरियाली राजदूत पार्क थेयङले स्वागत मन्तव्यका क्रममा खेलाडीका लागि हौसला प्रदान गर्दै विजयको कामना गरेका थिए।

फ्रान्सको पेरिस प्रस्थान गर्ने टोलीमा प्रशिक्षक कविराज नेगी लामा, टिम मेनेजर रामचन्द्र श्रेष्ठसहितको टोलीले सहभागिता जनाउनेछन्।

साथै उक्त टोली आज पेरिसतर्फ प्रस्थान गर्नेछन् । कोरिया सरकारले नेपालको विभिन्न क्षेत्रमा सहकार्य गर्दै आएको छ र सहकार्यका क्षेत्रहरूलाई थप बढाउँदै जाने लक्ष्य लिएको छ ।

दूतावासले आयोजना गरेको कार्यक्रममा गणतन्त्र कोरियाका राजदूत पार्कले खेलाडी तथा प्रशिक्षकलाई सुखद नतिजाको लागि कामना गर्दै खेलको माध्यमबाट नेपालको गरिमा बढाउनका लागि शुभकामना व्यत्तः गरे ।

नेपालमा खेलकुद क्षेत्रको सहकार्यलाई थप मजबुत बनाउन कोरिया सरकार निरन्तर लागिपर्ने धारणा राखे ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ११ : १४ बजे

पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं – स्वर्गीय पत्रकार सुरेश रजकलाई सरकारले सहिद घोषणा गर्ने

हितेन्द्रदेवलाई प्राधिकरणको कार्यकारी निर्देशकमा फर्काउन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले ऊर्जामन्त्री कुलमान घिसिङद्वारा बर्खास्त गरिएका हितेन्द्रदेव शाक्यलाई

तीन सन्तान एकैपटक अधिकृत भएपछि बाबुको खुसी, ‘भारी बोकेको पीडा बिर्सिएँ’

काठमाडौं- दुई छोरा र बुहारी तीनै जना एकैपटक नेपाल सरकारको

एनपीएल २ लिग चरण : ब्याटिङ विदेशी, बलिङमा घरेलु चम्किए

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को लिग चरण

आजका समाचार : ईश्वर पोखरेलले बुझाए महाधिवेशनमा लाने दस्तावेज, ११४ दलले चुनाव लड्ने र फेरि चर्कियो थाइल्यान्ड–क्याम्बोडिया युद्ध

ईश्वर पोखरेलको दस्तावेज : कांग्रेस नोकरशाही पूँजीवादको प्रतिनिधि, माओवादी षड्यन्त्रकारी