बाग्मती किनारका पूर्वाधार प्रयोगमा ल्याउन उपप्रधानमन्त्री सिंहको निर्देशन « Khabarhub

बाग्मती किनारका पूर्वाधार प्रयोगमा ल्याउन उपप्रधानमन्त्री सिंहको निर्देशन


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बाग्मती नदि किनारमा बनेका पूर्वाधारको संरक्षण र प्रयोगमा ल्याउन निर्देशन दिएका छन् । बुधबार अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिकातर्फबाट समितिले गरेका कामबारे जानकारी लिएपछि उनले यस्तो निर्देशन दिएका हुन् । 

बनाएका कतिपय ढल प्रयोगमा नआएको, पार्कहरुको संरक्षण हुन नसकेको गुनासो सुनिएको भन्दै मन्त्री सिंहले बाग्मतीमा बनेका संरचनाको संरक्षणमा पनि ध्यान दिन निर्देशन दिए। उनले बनेर पनि प्रयोगमा नआएका ढलहरुलाई तत्काल प्रयोगमा ल्याउन र पार्कहरुको संरक्षण गर्न आवश्यक काम अघि बढाउन निर्देशन दिए।

‘अहिले नागरिकले प्रश्न गरिरहेका छन् । ढल त बन्छ तर प्रयोगमा किन आइरहेको छैन । यसलाई करेक्सन गर्नुपर्यो । तत्काल गर्न सकिने काम अहिले गरौं,’ उपप्रधानमन्त्री सिंहले भने, ‘बनाएको ढलहरु प्रयोगमा त आउनुपर्यो नी । बनाएको छ खर्च गरेको छ भनेर मात्र भएन, काम आएको छ की छैन हेर्नुपर्यो ।’

त्यस्तै मन्त्री सिंहले गोकर्णेश्वरदेखि गुह्येश्वरी सम्म बनेका पार्कहरुको दुरावस्था रहेको भन्दै ती पार्कको संरक्षण र रेखदेखमा ध्यान दिन पनि समितिलाई निर्देशन दिए । यस्तै, उपप्रधानमन्त्री सिंहले बाग्मतीमा बार्है महिना पानी बगाउनुपर्नेमा पनि जोड दिए । 

बाग्मतीमा सफा पानी बगाउनका लागि बाग्मतीको ड्याम बनाउनुभन्दा अघि वैकल्पिक उपाय खोज्न पनि उनले समितिलाई निर्देशन दिए ।

बाग्मती भन्दा कुरुप भइसकेका नदिहरुलाई विभिन्न देशले पछि सुधार गरेर स्वच्छ पानी बगाएको उदाहरण दिँदै उनले बाग्मती नदि स्वच्छ रुपमा बगाउनका लागि  सरकारले प्रभावकारी योजना ल्याउने पनि मन्त्री सिंहको भनाई थियो ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ४ : २८ बजे

बालबालिकामा देखिने क्यान्सर समयमै पहिचान र उपचार गरे निको हुने सम्भावना उच्च : डब्लुएचओ नेपाल

काठमाडौं-बालबालिकामा हुने क्यान्सर समयमै पहिचान गरी उपचार गर्न सके निको

ललितपुरमा नेशनल चेष्ट सेन्टर सञ्चालनमा 

काठमाडौं– ललितपुर महानगरपालिका–१३, मानभवनमा श्वासप्रश्वास सम्बन्धी रोगको विशेषज्ञ उपचारका लागि

अफगानिस्तानमा दुई सडक दुर्घटना : ६ जनाको मृत्यु, १४ घाइते

काबुल– अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा शनिबार राति भएको दुई वटा

१३२ केभी प्रसारण लाइनको आजदेखि परीक्षण सुरु

गुल्मी– नेपाल विद्युत् प्राधिकरणद्वारा गुल्मी सदरमुकाम तम्घासबाट बुर्तिबाङसम्म निर्माण सम्पन्न

ऐरीको अर्धशतक, नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं – आईसीसी विश्वकप अन्तर्गत आइतबारको खेलमा वेस्ट अलराउन्डर दीपेन्द्रसिंह