निर्मला कुर्मीको मृत्यु प्रकरणका आरोपी बदशाहलाई मन्त्री पद ‘पुरस्कार’ | Khabarhub Khabarhub

निर्मला कुर्मीको मृत्यु प्रकरणका आरोपी बदशाहलाई मन्त्री पद ‘पुरस्कार’


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा ठगी र कर्तव्य ज्यान मुद्दाको अभियोग लागेका एकजना प्रदेशसभा सदस्यलाई मन्त्री बनाएको छ ।

प्रदेश सभा सदस्य बादशाह कुर्मीलाई कांग्रेसले विनाविभागीय मन्त्री बनाएको हो ।

प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार कुर्मीलाई विनाविभागीय मन्त्री बनाएका हुन् । आचार्य कांग्रेसको समर्थनमा एमालेबाट मुख्यमन्त्री भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेकाअनुसार कुर्मीविरुद्ध कर्तव्य ज्यान मुद्दा र ठगीमा अनुसन्धान जारी छ ।

मन्त्री बादशाह कुर्मीलाई निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको अभियोग लागेको छ । ‘उहाँ (कुर्मी) विरुद्ध ठगी र कर्तव्य ज्यान मुद्दामा अहिले अनुसन्धान चलिरहेको छ’, जिल्ला प्रहरी कार्यालय बाँकेका एक अधिकृतले भने ।

बादशाहसहितको संलग्नतामा २०७५ सालमा निर्मलालाई अपहरण गरी बेपत्ता पारिएको उनको परिवारको आरोप छ।

प्रहरीले गरेको अनुसन्धानबाट पनि उक्त प्रकरणमा बादशाहको संलग्नता खुल्ने प्रमाण भेटिएका छन् ।

एकल महिला निर्मला कुर्मीको सम्पत्ति कब्जा गर्न बादशाहको संलग्नतामा अपहरण गरी बेपत्ता पारिएको आरोप लागेको छ । तर ठगी र कर्तव्य ज्यान मुद्दाका अभियुक्त कुर्मीले राजनीतिक आडमा संरक्षण पाएका छन् ।

कुर्मी गृह मन्त्रालयद्वारा २०७८ कात्तिक २ गते सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा गठित छानबिन समितिले अनुसन्धान गर्न सिफारिस गरेका ८ जना शंकास्दमध्ये एक रहेका छन् ।

सरकारकै प्रतिवेदनले पनि बादशाह दोषी देखिएको बताइएको छ । २०७५ मा हराएकी निर्मलाको जग्गा हत्याउन कुटपिट र अपहरण गरी बेपत्ता पार्नेमध्ये एक उनी रहेको गृह मन्त्रालयको प्रतिवेदनमा लेखिएको छ ।

निर्मलाको न्यायका लागि अभियान छेडेकी अधिकारकर्मी रुवी खानले न्यायको आन्दोलनमा सरकारले पटक-पटक धोका दिएको बताइन् । उनले हत्या जस्तो जघन्य अपराधमा संलग्नलाई पुरस्कार दिएको भन्दै अझै आन्दोलन चर्काउने बताइन् ।

अधिकारकर्मी रुवी खानलसहित काठमाडौंको माइतीघरमण्डलमा अनशन बसेपछि तत्कालीन गृहमन्त्री रवि लामिछानेले लिखित सहमति गरेका थिए। त्यसबेला उनले अपराधमा सम्लग्न जो भए पनि कारबाही हुने उल्लेख गरेका थिए । तर अहिले नयाँ गठबन्धनबाट गम्भीर अपराधका आरोपी मन्त्री भएका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ६ : १० बजे

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न

काभ्रेमा तिहारभर टिपर सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक – जिल्ला प्रशासन कार्यालयले तिहारभर जिल्लामा मालवाहक सवारीको साधन

कीर्तिपुर क्रिकेट मैदानका फ्लडलाइटका ६ वटै टावर ठड्याइयो

काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका

प्रधानमन्त्री सुशीला कार्कीले मंगलरबार दलहरूसँग छलफल गर्ने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई निर्वाचन

रोलेक्स घडी देखाउँदै मन्त्री पुनले भनेः धन्न झोलामा राखेर बचिएछ

काठमाडौं – संचारमन्त्री जगदीश खरेलको घडीबारे चर्चा भइरहेकै बेला शिक्षा,