सौर्यको जहाज दुर्घटनाबारे छानबिन आयोग गठन, भोलि राष्ट्रिय झण्डा आधा झुकाइने « Khabarhub

सौर्यको जहाज दुर्घटनाबारे छानबिन आयोग गठन, भोलि राष्ट्रिय झण्डा आधा झुकाइने


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन विमानस्थलमा बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न आयोग गठन गरिएको छ ।

बुधबार अपरान्ह सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले छानबिनआयोग गठन गरेको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए ।

कर्णको संयोजकमा गठित समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउने म्याद दिइएको छ। आगामी दिन यस्ता दुर्घटना हुन नदिन आवश्यक सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरिएको गुरुङले बताए ।

त्यस्तै आगामी दिनमा हवाई दुर्घटना हुन नदिन आन्तरिक तर्फका सवै वायुसेवा कम्पनीहरूले जहाजको अनिवार्य परिक्षण गर्ने र नागरिक उड्ययन प्राधिकरणले सघन अनुगमन गर्नुपर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शोकमा बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको पनि गुरुङले बताए ।

बैठकले विमान दुर्घटनाले स्तव्ध भएको जनाउँदै मृतकहरूप्रति श्रद्धान्जली व्यक्त गरेको छ । विमान चालक  मनिषरत्न शाक्यको शीघ्र स्वास्थ्यलाभको कामना गरेको प्रवक्ता गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ६ : ४१ बजे

भीम रावल भन्छन्ः एमालेमा मेरो आवाजलाई गलत अर्थ लगाएर पार्टी छोडेको भ्रम सिर्जना गरियो

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले एमाले

यस्तो छ सरकार र जेनजीबिचको १० बुँदे सम्झौता

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

सरकारसँगको १० बुँदे सम्झौतालाई जेन-जी मुभमेन्टले गर्यो अस्वीकार

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले बुधबार सरकारसँग भएको १० बुँदे

सरकारसँग भएको सम्झौतामा जेनजी समूहबीच नै असहमति (तस्बिरहरू)

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

कांग्रेस सदस्यता छानबिन समितिको संयोजक बने महेन्द्र यादव

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा महेन्द्र