निर्यात प्रवर्द्धन गर्न सरकारले विशेष पहल गर्ने छ : अर्थमन्त्री पौडेल « Khabarhub

निर्यात प्रवर्द्धन गर्न सरकारले विशेष पहल गर्ने छ : अर्थमन्त्री पौडेल


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा उत्पादित वस्तुहरूको निर्यात प्रवर्द्धन गर्न सरकारले विशेष पहल गर्ने बताएका छन् । 

निर्यात व्यवसायी महासंघ नेपालको प्रतिनिधि मण्डलसँगको भेटमा अर्थमन्त्री पौडेलले निर्यात प्रवर्द्धन गर्न सरकारले नीतिगत र व्यवहारिक रुपमा देखा परेका समस्यालाई हटाउँदै जाने बताएका हुन् ।

उनले समस्यालाई प्राथमिकीरण गर्न आग्रह गर्दै त्यसकै आधारमा समाधानका उपाय खोज्ने धारणा व्यक्त गरे । निर्यात व्यवसायी महासंघले निर्यात वृद्धिका लागि नेपालमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्रको निर्माणको गुरुयोजनाका लागि बजेटको व्यवस्था गर्न, नेपालमा अन्तर्राष्ट्रिय निर्यात एक्स्पो आयोजना गर्न, निर्यात प्रवर्द्धन तथा वस्तु विकासका लागि अधिकार सम्पन्न बोर्डको स्थापना गर्न माग गरेको छ । 

त्यसैगरी महासंघले उत्पादन लागत कम गर्न निर्यातजन्य उद्योगहरुलाई लगानी गर्दा बैंक ब्याजदरमा ५ प्रतिशतको अनुदानका साथै बैंकहरुको कुल ऋण प्रवाहको ५ प्रतिशत निर्यातजन्य उद्योगहरुमा अनिवार्य लगानीको व्यवस्था गर्न, निर्यात-आयात बैंक स्थापना गरी निर्यात उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ आयातको व्यवस्था गर्नुपर्ने लगायत १७ वटा सुझाव दिएको छ । 

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ७ : ०६ बजे

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौं– आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको क्षेत्रफल,

पहिरो पन्छाउन तीन ठाँउमा उपकरण

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा खस्ने पहिरो तत्काल पन्छाउन तीन स्थानमा एक्साभेटर,

‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग

नयाँदिल्ली– भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासँगै

असन्तुष्ट छरिएपछि ओलीलाई भेट्दै शीर्ष नेताहरू

काठमाडौं- नेकपा र एमालेबीच सातै प्रदेशमा सत्ता सहकार्य भएको विषय

पोखरामा अमेरिकी नागरिकको मृत्यु

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक