‘च च हुई’ का तस्वीर आउट, आर्यन र मिरुनाको जोडी « Khabarhub

‘च च हुई’ का तस्वीर आउट, आर्यन र मिरुनाको जोडी


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌ं – आर्यन सिग्देल स्टारर फिल्म ‘च च हुई’ का केही तस्वीर सार्वजनिक गरिएका छन् । आउँदो मङ्सिर ६ गते प्रदर्शनमा आउने फिल्ममा सार्वजनिक भएका तस्वीरमा आर्यनसँगै मिरुना मगरलाई पनि देख्न सकिन्छ ।

निर्माण टिमले फिल्ममा समावेश गीत ‘सिल्की सिल्की बाल’ बोलको गीत छायांकनका बेला खिचिएका तस्वीर सार्वजनिक गरेको हो । गीतलाई मुस्ताङको चुसाङमा छायांकन गरिएको हो ।

तस्वीरमा आर्यन र मिरुनाको केमेष्ट्री जमेको छ । भिडियोको कोरियोग्राफी शिशिर खातीले गरेका हुन् ।

गीतमा राजनराज शिवाकोटी र मेलिना राईको स्वर रहेको छ भने यसलाई राजनले नै कम्पोज गरेका हुन् । गीतमा राजनसँगै अमृत घोले लामा र श्याम लामिछानेका शब्द छन् ।

रोमान्टिक जानरामा निर्माण भएको यो फिल्ममा भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ल लगायतका कलाकारले समेत अभिनय गरेका छन् ।

साम्तेन भुटियाको निर्देशन तथा सम्पादन रहेको यो फिल्ममा सुशन प्रजापतिको छायाँकन रहेको छ । फिल्ममा सिजन दाहालको पटकथा र सन्देश अर्यालको लेखन छ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  १० : ४८ बजे

शेखर कोइरालाको प्रश्न : कांग्रेस किन चहराइरहेको घाउमा मल्हम बन्न सकिरहेको छैन ?

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको विभाजनप्रति चिन्ता व्यक्त

गिद्ध संरक्षणमा सफलता, संख्या बढाउनेमा नेपाल दक्षिण एसियाकै पहिलो

अर्घाखाँची– कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध

आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

डोटी– आज सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । धार्मिक विश्वासअनुसार

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक