जहाज दुर्घटनाको निष्पक्ष छानबिन गर्न एमालेको माग « Khabarhub

जहाज दुर्घटनाको निष्पक्ष छानबिन गर्न एमालेको माग


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेले बुधबार त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।

नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले घटना प्रति दुःख व्यक्त गर्दै दुर्घटनाको छानबिनको माग गरेका हुन् । उनले सो अकल्पनीय एवम् भयावह दुर्घटनामा परि ज्यान गुमाएका प्रति पार्टीको तर्फबाट श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

उनले दुर्घटनाको निष्पक्ष छानबिन गर्न, दोषीउपर कारबाही, घाइतेको उपचार, मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्  ।

बुधबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिसरमै दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो भने चालक मनिषरत्न शाक्य घाइते हुनुभएको छ । घाइते चालकको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

सरकारले सो घटनाको छानबिन गर्न पाँच सदस्यीय जाँचबुझ आयोग गठन भएको छ । विमानहरूको अनिवार्य प्राविधिक परीक्षण गर्न बैठकले निर्देशन दिएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ९ : ३३ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि