कानूनसहित ६ वटा समितिका बैठक बस्दै | Khabarhub Khabarhub

कानूनसहित ६ वटा समितिका बैठक बस्दै


१० श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसदका विभिन्न ६ समितिका बैठक आज बस्दै छन् । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, महिला तथा सामाजिक मामिला, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार, कानून, न्याय तथा मानवअधिकार, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा समितिको बैठक अस्न लागेका हुन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा युरोपियन युनियनको सुरक्षा सूची तथा नागरिक उड्डयन, नेपाल वायु सेवा निगमको कोरिया उडान अनुमति, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन तथा निजगढ विमानस्थल निर्माणको हालसम्मको कार्यप्रगति र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भाडामा रहेका पसल कवलहरुको सम्झौता सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, आज महिला तथा सामाजिक मामिला समितिको बैठक पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नेपालमा बालबालिकाको शैक्षिक विकासमा युनेस्कोले खेल्दै आएको भूमिकाका विषयमा छलफल हुनेछ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे सिंहदरबार बस्दैछ । बैठकमा उपभोग्य वस्तु तथा सेवाको मूल्यवृद्धि, बजार अनुगमनको अवस्था, उपभोक्ता हक संरक्षण र प्रवर्द्धन  सम्बन्धमा देखिएका समस्या र सुझाव सम्बन्धमा छलफल हुनेछ ।

कानून, न्याय तथा मानवअधिकार समितिको बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल गर्ने कार्यक्रम छ ।

यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । आजको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गरिने तयारी छ ।

सार्वजनिक लेखा समितिको बैठक भने दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ । छलफलको विषय भने केही पनि खुलाइएको छैन ।

 

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  ७ : ४७ बजे

खानी खोला हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने समय थप

काठमाडौं– खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ ३ गतेदेखि हकप्रद

ओरियन्टल होटल्सले हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं– ओरियन्टल होटल्स लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ

मानव अंग प्रत्यारोपण विकास समितिको अध्यक्षमा डा. ढकाल नियुक्त

काठमाडौं– सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर अन्तर्गतको विकास समितिको

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– सोमबार सुनचाँदीको मूल्य घटेको छ । आइतबार तोलामा १६

हैजा प्रभावित क्षेत्रका लागि डब्लुएचओद्वारा कोलेरा किट  प्रदान 

काठमाडौं– हैजा प्रभावित क्षेत्रका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले