अष्ट्रेलियामा दुर्घटना भएको ५५ वर्षपछि भेटियो एमभी नुनगाह जहाज  | Khabarhub Khabarhub

अष्ट्रेलियामा दुर्घटना भएको ५५ वर्षपछि भेटियो एमभी नुनगाह जहाज 


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं अष्ट्रेलियाले ५५ वर्षपछि २१ जनाको ज्यान लिने एमभी नुनगाह जहाज फेला पारेको छ । बीबीसीका अनुसार यो जहाज २३ अगस्ट १९६९ मा न्यू साउथ वेल्सबाट टाउन्सभिलतर्फ प्रस्थान गरेको थियो । 

स्टिलले भरिएको कन्टेनर बोकेको जहाजमा ५२ जना सवार थिए । अगस्ट २५ सम्म, यो खतरनाक आँधीको सामना गर्दा ३१५ किलोमिटर अगाडि बढेको थियो । यसको गति ११० किलोमिटर प्रतिघण्टा भन्दा बढी थियो, जसलाई जहाजले सम्हाल्न नसकेर डुबेको थियो ।

जहाज डुबेपछि अस्ट्रेलियाली सेनाले इतिहासकै सबैभन्दा ठूलो समुद्री खोजी गरेको थियो । सेनाले विमान, हेलिकप्टर र पानीजहाज लिएर एमभी नुनगाहको खोजी गर्न निस्क्यो । केही घण्टामै जहाज फेला पर्यो र चालक दलका ५ सदस्यसहित २६ जनाको उद्धार गरियो ।

जहाज डुबेको १२ घण्टापछि पनि अस्ट्रेलियाली सेनाले मानिसलाई काठमा तैरिरहेको फेला पारेको थियो । त्यस बेलादेखि जहाज भने भेटिएको थिएन ।

गत महिना, कमनवेल्थ वैज्ञानिक र औद्योगिक अनुसन्धान संगठनका वैज्ञानिकहरूले जहाज पत्ता लगाउन खोजी सुरु गरेका थिए । यसका लागि उक्त स्थानमा उच्च प्रविधियुक्त जहाज पठाइएको थियो ।

वैज्ञानिकहरूका अनुसार उनीहरूले जहाजको भग्नावशेष जमिनको सतहबाट १७० मिटर तल फेला पारेका छन् । यस जहाजको डिजाइन र आकार एमभी नुनगाह जहाजसँग मेल खाएको उनीहरूले बताएका छन्  । अब सिड्नी प्रोजेक्टअन्तर्गत जहाजको जाँच हुने रिपोर्टमा बताइएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ८ : ४६ बजे

किरणको कटाक्ष- ‘प्रदेश सरकार हटाऔँ, क्याण्डीक्रस खेलेर दिन काट्ने सिंहदरबारका कर्मचारी घटाऔँ’

किरण राई (४०) दुई पटक भोजपुरको पौवादुङ्मा गाउँपालिका प्रमुख चुनिए

अदालतमा आगो लगाएपछि चौतारातिर खुल्यो ‘जनअदालत’

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका

किस्ट अस्पतालमा तोडफोड, मृतकका आफन्त र प्रहरीबीच घम्साघम्सी (तस्बिरहरू)

काठमाडौं– बिरामीको मृत्युलाई लिएर किस्ट अस्पतालमा तनाव भएको छ ।

‘जारी २’ को ट्रेलर : दोहोरियो दयाहाङ-मिरुनाको झगडा, यसपाली छोरी छोडेर माइती

काठमाडौं – कात्तिक २१ लाई प्रदर्शन मिति तोकिएको फिल्म ‘जारी

थप १ सय ४४ जनामा डेंगु सङ्क्रमण, सङ्क्रमित ६ हजार नाघे

काठमाडौं– पछिल्लो एक सातामा देशभर १ सय ४४ जनामा डेंगुको