बेनी–जोमसोम सडक अवरुद्ध « Khabarhub

बेनी–जोमसोम सडक अवरुद्ध


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


879
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– रघुगंगा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुंगासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले सडकमा खसेको ढुंगा फुटाउन ‘ब्रेकर’सहितको ‘डोजर’ पठाइन लागेको जानकारी दिए । 

‘लोडरले पहिरो र ब्रेकरले ढुंगा फुटाउने तयारी गरेका छौँ’, आजै सडक खोल्ने लक्ष्यका साथ काम गरिने उल्लेख गर्दै उनले भने । 

स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका निर्माण व्यवसायी, सडक विभागका उपकरण, प्राविधिक र मजदुर पहिरो पन्छाउन परिचालन भएका छन् ।  

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ९ : १३ बजे

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात