हमासका नेताको इजरायली हिरासतमा मृत्यु « Khabarhub

 हमासका नेताको इजरायली हिरासतमा मृत्यु


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

जेरूसेलम– वेस्ट  ब्याङ्कमा रहेका हमासका एक नेताको इजरायली हिरासतमा मृत्यु भएको प्यालेस्टिनी अधिकारीले शुक्रबार बताएका छन् । 

प्यालेस्टिनी कैदी मामिला निकाय र प्यालेस्टिनी प्रिजनर्स क्लबको संयुक्त विज्ञप्तिका अनुसार दक्षिणी इजरायलको जेलबाट अस्पतालमा सारिएपछि ६३ वर्षीय मुस्तफा मोहम्मद अबू आराको मृत्यु भएको हो। 

‘हामी नेता शेख मुस्तफा मोहम्मद अबु आराको निधनमा शोक व्यक्त गर्दछौँ र चिकित्सकीय लापरबाहीबाट भएको उहाँको हत्याको लागि कब्जालाई जिम्मेवार ठान्दछौं,’ हमासद्वारा जारी विज्ञप्तिमा बताइएको छ। 

अबु आरालाई अक्टोबरमा गम्भीर स्वास्थ्य समस्या सामना गरिरहेको बेला पक्राउ गरिएको प्यालेस्टिनी निकायले जनाएका छन् । उनले नजरबन्दको समयमा क्रुर यातना सामना गर्नु परेको उनीहरूले बताएका छन् । 

इजरायली सेनाले यस विषयमा प्यालेस्टिनी टिप्पणीको कुनै जवाफ दिएको छैन । 

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  १२ : ४५ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा