कमजोरी भएको महसुस हुन्छ ? अपनाउनुहोस् यस्ता घरेलु उपाय | Khabarhub Khabarhub

कमजोरी भएको महसुस हुन्छ ? अपनाउनुहोस् यस्ता घरेलु उपाय


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


810
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-कहिले काहीँ बिहान उठ्दा शरीरमा थकान र कमजोरी भएको महसुस हुन्छ । जिउ एकदम भारी महसुस भएका कारण दिनभरि नै काम गर्न मन नलाग्ने हुन्छ ।

सानो काम गर्दा वा हिँडडुल गर्दा पनि थकाइ लाग्नु, रिँगटा लाग्नु, बसिरहेको ठाउँबाट उठ्दा आँखा धमिलो हुनु, शरीर धरमरिनु कमजोरीका लक्षणहरू हुन् ।

कमजोरी भएमा खान र गर्न नहुने कुराहरू

रक्सी, चुरोट, चिया, कफी, बढी चिल्लो र मसलायुक्त खाना, सडेगलेका प्लाष्टिकमा प्याक गरिएका खानेकुराहरू खानुहुँदैन ।

खान र गर्न हुने कुराहरू :

दिनहुँ ३/४ लिटर पानी पिउने, प्रशस्त मात्रामा झोलिला पदार्थ खाने, पटक पटक थोरै थोरै गर्दै खाना खाँदै जाने, फलफूलको रस, फलहरूमा केरा, स्याऊ, सुन्तला, मौसम, अम्बा आदि ।

अनारमा एन्टिअक्सीडेन्ट, एन्टिवायरल र एन्टिब्याक्टेरियल गुणहरू भरपुर मात्रामा पाइन्छ। अनारले शरीरको रगतको मात्रालाई पनि बढाउँदछ। शरीरमा थकान महसुस हुनु, कमजोरी महसुसको मुख्य कारण भनेको शरीरमा पर्याप्त मात्रामा रगत नहुनु हो । दैनिक रूपमा एउटा अनार सेवन गर्दा शरीरले उचित मात्रामा पोषण पाउने गर्दछ। साथै यसले रोग प्रतिरोधात्मक क्षमतालाई पनि सुदृढ गर्दछ।

खोन, कुपोषण र रक्तअल्पता भएमा सोही अनुरूप उपचार गर्दै खानाको मात्रालाई अघि बढाउँदै जाने, दाख भिजाएर खाने, सानो मुठीको जति काँचो बदाम र काजु खाने, मुँगको दाल, गाँजर, पालुङ्गोको साग उसिनेर मात्र प्रशस्त खाने, दूधमा मह मिलाएर दिनको दुई गिलास बिहान–बेलुका पिउने र सोही अनुरूप उपचार गर्दै जाने हो भने कमजोरी ठिक हुन्छ ।

किसमिसमा आइरन भरपुर मात्रामा पाइन्छ । जसले शरीरमा रगतको मात्रालाई सन्तुलित राख्न मद्दत गर्दछ। १२ घण्टासम्म पानीमा भिजाएर राखेको किसमिसको पानी सेवन गर्दा पेट सम्बन्धी रोगहरूको निवारण हुनुका साथै पाचन प्रणालीको पनि सुधार हुने गर्दछ।

यति गर्दा पनि केहि सुधार भएन भने तुरुन्तै अस्पतालमा गएर चिकित्सकको सल्लाह लिनु पर्छ ।

साभार : ‘योगाभ्यास तथा घरेलु उपचार विधि’ पुस्तकबाट

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  १ : ३८ बजे

‘सरकारले विचौलिया तत्वको स्वार्थमा काम गर्दा जनता निराश’ 

रोल्पा– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले गठन

चितवनमा रगतको अभाव, रक्तदान गर्न दाताहरूलाई आग्रह

चितवन– जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण रक्तदान

आरएसडिसी लघुवित्तले १० प्रतिशत बोनस दिने 

काठमाडौं– आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०–०८१ को

बिजुलीको झिलीमिलीले ओझेलमा माटोका पाला

जलेश्वर– बिजुलीको झिलीमिलीमा स्थानीय रमाउन थालेपछि तराईमा तिहार र छठका

बुद्धमाई अस्पताललाई एक लाख जरिवाना

काठमाडौ‌ं– काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही गरेको