नेकपा सांसदको आरोप– डलर खाएर रविको पक्षमा आन्दोलन भइरहेको छ « Khabarhub

नेकपा सांसदको आरोप– डलर खाएर रविको पक्षमा आन्दोलन भइरहेको छ


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभामा शालिकराम पुडासैनी मृत्यु प्रकरण र रवि लामछिानेको पक्षमा भइरहेको आन्दोलनका बारेमा सांसदले कुरा उठाएका छन् ।

राष्ट्रिय सभाका सांसद एवं नेकपाका नेता खेमकुमार विकले रविको पक्षमा मंगलबार राजधानीमा भएको प्रदर्शन कुन शक्ति केन्द्रको आडमा डलर खाएर भएको छ ? भन्दै प्रश्न गरे ।

राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद विकले राज्यले आवश्यक ढंगले कानुनको सहायतमा सबै नागरिकलाई छानवीन गर्न पाउने भन्दै लामिछानेमाथि छानवीन गर्दा जुलुस र धर्ना हुनु गलत भएको बताए ।

‘राज्यले आवश्यक ढंगले कानुनको सहायताले सबै नागरिकलाई छानवीन गर्न पाउँछ । जीउधनको ग्यारेन्टी गर्ने दायित्व राज्य हो’ उनले भने,‘मंगलवार माइतीघर मण्डलाबाट सिंहदरवार, बबरमलको निषेधित क्षेत्रमा भीडको उत्तेजित नाराहरु र क्रियाकलापहरुको प्रत्यक्षदर्शी म पनि हुँ ।’

आन्दोलनकारीले वियरको वोतलमा प्रज्वोलित पदार्थ पेट्रोल लिएर प्रदर्शनमा उत्रिएको र त्यसबारे आफूले प्रहरी अधिकारीलाई जानकारी गराएको उनले बताए ।

‘आज विभिन्न कारण मानिसहरु आत्माहत्या गर्ने काम भइरहेको छ । त्यसमा राज्यले छानवीन गर्न पाउनुपर्छ’ उनले भने त्यसका नाममा प्रधानमन्त्रीको नाममा पुत्ला दहनदेखि गृहमन्त्रीको राजीनामा, साथै उच्चाहरण नै गर्न नसकिने शब्द बोलेर आन्दोलन गरिरहेका छन् ।’

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  १ : ३८ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको