सौर्यको जहाज दुर्घटना- पोस्टमार्टमपछि ५ शव आफन्तको जिम्मा (तस्बिरहरू) « Khabarhub

सौर्यको जहाज दुर्घटना- पोस्टमार्टमपछि ५ शव आफन्तको जिम्मा (तस्बिरहरू)


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


17.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यही बुधबार त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका १८ जनामध्ये ५ जनाको पोस्टमार्टम सकिएको छ।

पोस्टमार्टम सकिएसँगै उनीहरू अन्तिम संस्कारका लागि त्रिवि शिक्षण अस्पतालले आफन्तलाई बुझाएको छ ।

शव जिम्मा लिने क्रममा त्रिवि शिक्षण अस्पताल परिसरमा आफन्तहरूको रुवाबासी भएको छ ।

शिक्षण अस्पताल प्रशासनले सौर्यको जहाज दुर्घटनामा ज्यान गुमाएका प्राविधिक मनुराज शर्मा, उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्माको शव आफन्तलाई बुझाएका हुन् ।

उनीहरूको शनिबार बिहान ८ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।

 

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ५ : ४३ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको