पेरिस ओलम्पिकको भव्य उद्घाटन, आज नेपालका श्यान्टु र मनिताले खेल्ने « Khabarhub

पेरिस ओलम्पिकको भव्य उद्घाटन, आज नेपालका श्यान्टु र मनिताले खेल्ने


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पेरिस ओलम्पिका भव्य उद्घाटन गरिएको छ । फ्रान्सको राजधानी पेरिसमा गएराति हजारौँ खेलाडी, प्रशिक्षक, पर्यवेक्षक तथा दर्शकको उपस्थितिमा सेन नदीको किनारमा भव्य समारोह आयोजना गरी ओलम्पिकको उद्घाटन गरिएको हो।

ओस्टरलिज ब्रिजबाट सुरु भएको ६ किलोमिटर परेडमा २०६ देशका ६ हजार ८ सयभन्दा बढी खेलाडी र ८५ वटा डुङ्गामा शरणार्थी ओलम्पिक टोलीलाई लिएर गएको थियो ।

ओलम्पिकमा नेपाली खेलाडी पनि सहभागी छन् । उद्घाटनका क्रममा भएको परेडमा नेपालका टेबलटेनिस खेलाडी श्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठले राष्ट्रिय झन्डा फर्फराएका थिए ।

उद्घाटन समारोहमा फ्रान्सेली जुडोका टेडी राइनर र स्प्रिन्टर मारी–जोस पेरेकले तातो हावाको बेलुन उडाएका थिए ।

झण्डै ४ घण्टा चलेको उद्घाटन समारोहमा अमेरिकी गायिका लेडी गागा र क्यानेडेली आइकन सेलिन डियोनले प्रस्तुति दिएका थिए ।

यसैबीच, पेरिक ओलम्पिकमा आज नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल र टेबल टेनिसका स्यान्टु श्रेष्ठले आफ्नो खेल खेल्दैछन्। खेल नेपाली समयअनुसार साती साढे ७ बजे सुरु हुनेछ ।

पेरिस अ‍ोलम्पिकको समापन अगस्ट ११ मा हुनेछ।

 

 

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ११ : १४ बजे

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा