शान्ति पार्क व्यवस्थापनमा आवश्यक सहयोग हुनेछ : मन्त्री शाही « Khabarhub

शान्ति पार्क व्यवस्थापनमा आवश्यक सहयोग हुनेछ : मन्त्री शाही


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌ँ वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले राष्ट्रिय सहिद तथा शान्ति पार्क व्यवस्थापन तथा संरचना निर्माणमा आवश्यक सहयोग गर्ने बताएका छन्।

राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती स्मारक विस्तारित बोर्ड, केन्द्रीय सामुदायिक वन पर्यापर्यटन प्रवर्द्धन तथा उद्यान व्यवस्थापन समितिले आज गोकर्णश्वर–४ स्थित जगडोलमा आयोजना गरेको ‘सन्दर्भ सामग्री’ सङ्ग्रहित पुस्तक विमोचन तथा प्रमाणपत्र वितरण कार्यक्रममा मन्त्री शाहीले सरकारका तर्फबाट पार्कमा आवश्यक पर्ने सहयोग गरिने प्रतिबद्धता जनाए। 

मन्त्री शाहीले पार्कलाई थप व्यवस्थित र सुन्दर बनाउनुपर्नेमा जोड दिँदै आफूले व्यक्तिगत तथा मन्त्रालयका तर्फबाट गर्न सकिने सबै किसिमका सहयोग गर्ने बताए। 

उनले भने, ‘पार्कलाई सुन्दर बनाउँदै पर्यापर्यटन प्रवर्द्धन गर्न योजना बनाएर कार्यान्वयन गर्दै जानुपर्छ । यसका लागि आवश्यक सहयोग गर्न सधैँ सकारात्मक छौँ ।’

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  १२ : २९ बजे

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको

अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले

काठमाडौं- नेकपा (एमाले)ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका