वाग्मती सफाइ महाअभियान ५८५ औँ हप्तामा « Khabarhub

वाग्मती सफाइ महाअभियान ५८५ औँ हप्तामा


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियान ५८५ औँ हप्तामा प्रवेश गरेको छ ।

कोटेश्वरस्थित वाग्मती पहेँलो पुल नजिकैको वाग्मती नदी किनारमा सफाइ गरी नकुहिने एक मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए। सफाइबाट आज उठाइएको फोहर काठमाडौँ महानगरपालिका वातावरण विभागको गाडीमा राखी व्यवस्थापन गरिएको छ ।

सफाइमा स्थानीयवासीका साथ सफाइ अभियानकर्मीको सक्रियता थियो । अर्को हप्ताको सफाइ पनि कोटेश्वर महादेव मन्दिर नजिकैको पहेँलो पुल क्षेत्रमै गरिने सफाइ महाअभियानले जनाएको छ । विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान वर्षा, जाडो, भूकम्प, नाकाबन्दी, कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि नरोकिई निरन्तर जारी छ ।

वाग्मती सफाइ महाअभियान सुरु भएपछि यसका सहायक नदीमा पनि सफाइ सुरु गरिएको छ । काठमाडौँ उपत्यकामा चक्रपथका उत्तर र पश्चिम भागमा पनि सफाइ भइरहेको छ । 

काठमाडौँ उपत्यका बाहिरका मुख्य नदी, शहरमा पनि सफाइ अभियान सुरु भएको छ । हाल देशभर एक सय आठभन्दा बढी स्थानमा सफाइ भइरहेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  २ : ५० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै