नेपाल साहित्यकारको उर्वर भूमि हो : प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

नेपाल साहित्यकारको उर्वर भूमि हो : प्रधानमन्त्री ओली


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साहित्यकारको निकै उर्वर भूमि भएको बताएका छन् ।

शनिबार एमाले पार्टी कार्यालय च्यासलमा साहित्यकार नेत्र प्रसाद गौतमका तीनवटा कृतिहरू विमोचन गर्दै ओलीले भानुभक्त आचार्य, मोतिराम भट्ट, लेखनाथ पौडेल, बालकृष्ण सम लगायतका साहित्यकारहरू जन्मेको नेपाल साहित्यकारको निकै उर्वर भूमि भएको बताएका हुन् ।

नेपालको भूमिका वनजंगल पानी पँधेरा लगायत स्थानमा गीत-संगीतको प्रचलनले पनि साहित्यको क्षेत्रमा निकै विकास भएको उनले बताए ।

उनले अहिले साहित्य केही माथि उठ्न खोजेको र कसरी माथि उठ्ने हो भन्ने बहस चल्न थालेको धारणा राखे । प्रधानमन्त्री ओलीले साहित्यकार गौतमका ‘नेत्रसरका तीन खण्डकाव्य, मेरो इतिवृत्ति र भूत पिसाच कृतिहरूको विमोचन गरेका हुन् । 

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ३ : २९ बजे

सिमेन्टमा मूल्य बढ्नुको कारण सात दिनभित्र पेस गर्न लेखा समितिको निर्देशन

काठमाडौं– सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य बढेको

सकियो रविको बयान, थुनछेक बहस आज नहुने

बुटवल– रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको

जापानमा बर्ड फ्लुको सङ्क्रमण बढ्यो

एजेन्सी – जापानमा एभियन इन्फ्लुएन्जाको प्रकोप बढ्दै गएको छ ।

चीनमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

एजेन्सी – चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको बाझोङ सहरमा भएको सवारी

‘नागरिकमा आशा जगाउने काम गरिरहेका छौँ’

ढोरपाटन– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारले नागरिक