सर्बियामा भ्यान पल्टिँदा नेपालीसहित ३० यात्रु घाइते | Khabarhub Khabarhub

सर्बियामा भ्यान पल्टिँदा नेपालीसहित ३० यात्रु घाइते


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

बेलग्रेड दक्षिणपूर्वी सर्बियामा एक यात्रुबाहक भ्यान पल्टिँदा ३० जना अफगानी र नेपाली आप्रवासी घाइते भएका छन्।

स्थानीय सञ्चार माध्यमका अनुसार तीन जना आप्रवासी अस्पतालमै रहेका छन् भने अन्यलाई सामान्य उपचारपछि शरणार्थीका लागि सञ्चालन गरिएको ‘रिसेप्सन सेन्टर’ मा राखिएको छ । ती आप्रवासी नेपाल र अफगानिस्तानबाट आएका पुरुष रहेको बताइएको छ । 

गत शुक्रबार पनि बेला पलाका शहर नजिकैको राजमार्गमा करिब ५० आप्रवासी बोकेको भ्यान सडकबाट चिप्लिएर दुर्घटना भएको थियो ।

सर्बिया युरोपेली सङ्घ (ईयू) तर्फ जाने आप्रवासीहरूले प्रयोग गर्ने बाल्कन मार्गमा रहेको छ । 

सन् २०२३ मा करिब एक लाख आप्रवासीले यो मार्ग प्रयोग गरेको इयूको सीमा निगरानी निकाय फ्रन्टेक्सले जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ६ : ०३ बजे

छोराको निधनपछि गौरवको परिवार सहाराविहीन

सुदूरपश्चिम– विदेश गएर कमाइ गरी परिवारको सहज जीविकोपार्जनमा बुबालाई सहयोग

माधव नेपालको प्रस्ताव- समान बिचार भएका पार्टीबीच एकता गर्न ढिला गर्नुहुँदैन

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारको घोषणा

मौसम सुधार भएपछि सहज बन्दै मनाङको अवस्था

मनाङ– गत सोमबारदेखि परेको हिमपात रोकिएको छ। मौसममा आएको सुधारले

रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए

जुम्ला– आन्तरिक तथा बाह्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा रहेको रारा

खाद्य कम्पनीद्वारा कैलालीमा धान खरिद सुरु

अत्तरिया– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले