सर्बियामा भ्यान पल्टिँदा नेपालीसहित ३० यात्रु घाइते « Khabarhub

सर्बियामा भ्यान पल्टिँदा नेपालीसहित ३० यात्रु घाइते


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

बेलग्रेड दक्षिणपूर्वी सर्बियामा एक यात्रुबाहक भ्यान पल्टिँदा ३० जना अफगानी र नेपाली आप्रवासी घाइते भएका छन्।

स्थानीय सञ्चार माध्यमका अनुसार तीन जना आप्रवासी अस्पतालमै रहेका छन् भने अन्यलाई सामान्य उपचारपछि शरणार्थीका लागि सञ्चालन गरिएको ‘रिसेप्सन सेन्टर’ मा राखिएको छ । ती आप्रवासी नेपाल र अफगानिस्तानबाट आएका पुरुष रहेको बताइएको छ । 

गत शुक्रबार पनि बेला पलाका शहर नजिकैको राजमार्गमा करिब ५० आप्रवासी बोकेको भ्यान सडकबाट चिप्लिएर दुर्घटना भएको थियो ।

सर्बिया युरोपेली सङ्घ (ईयू) तर्फ जाने आप्रवासीहरूले प्रयोग गर्ने बाल्कन मार्गमा रहेको छ । 

सन् २०२३ मा करिब एक लाख आप्रवासीले यो मार्ग प्रयोग गरेको इयूको सीमा निगरानी निकाय फ्रन्टेक्सले जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ६ : ०३ बजे

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको महिला तथा सामाजिक ममिला

‘रवि-बालेनजस्तै आफ्नै निर्णय अन्तिम सत्य ठान्ने प्रवृत्ति गगनहरूमा देखियो’

काठमाडौँ- गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनपछि सिर्जित नेपाली कांग्रेसभित्रको

पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

बागलुङ– पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्डमा गए रातिदेखि आवतजावत अवरुद्ध

मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

मुस्ताङ– मुस्ताङ प्रहरीले भन्सार छली गरी पोखरातर्फ लैजाँदै गरिएको अवैध

‘ध्रुवे’ हात्तीलाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

चितवन– चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान