नेपालमा सबै कम्युनिष्ट पार्टीहरू एक हुन आवश्यक : वामदेव गौतम | Khabarhub Khabarhub

नेपालमा सबै कम्युनिष्ट पार्टीहरू एक हुन आवश्यक : वामदेव गौतम


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले नेपालमा सबै कम्युनिष्ट पार्टीहरू एक हुनुपर्ने बताए ।

पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गौतमले सबै कम्युनिष्ट दलहरू गम्भीर भएर एकताबद्ध हुनुपर्ने बताएका हुन् ।

शक्तिशाली कम्युनिष्ट पार्टी चाहिएको छ भने कुनै एक पार्टीले पहल लिनुपर्ने र बलियो कम्युनिष्ट पार्टीबाट मात्रै समाजवाद सम्भव भएको उनको भनाइ छ ।

उनले मञ्चमा रहेका अन्य कम्युनिष्ट नेताहरूलाई एउटै पार्टी बनाउनका लागि आफ्नो प्रस्तावलाई समर्थन गर्न आग्रह समेत गरे । उनले यसअघि आफ्नो पहलमा कम्युनिष्ट एकता भएपनि दिगो हुन नसकेको उल्लेख गरे ।

 

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ६ : १९ बजे

नेप्से ५२ अंकले बढ्दा अन्य समूहमा उछाल 

काठमाडौं- बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उछाल आएको छ ।

विवादमा खेम : खुट्टाले बर्जर थिच्दा के अर्थ लाग्छ ?

काठमाडौं – ‘भ्वाइस अफ नेपाल सिजन- ६’ को प्रसारण सुरु

निर्वाचन आयोगमा ‘दलितका लागि दलित’ अभियानको धर्ना (तस्बिरहरु)

काठमाडौं– दलितका लागि दलित अभियान नेपालले ४५ औँ दिनसम्म सडकबाट उठाएको

वर्तमान सरकार परिवर्तन हुने कुरा निराधार : शेखर कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार

हिउँदे अधिवेशनमा सरकारलाई गलाउने प्रतिपक्षको योजना

काठमाडौं – संघीय संसद्का दुवै सदनको हिउँदे अधिवेशन माघ १८