सौर्य एयरलाइन्सको विमान दुर्घटना : १७ जनाको शव आफन्तले बुझे | Khabarhub Khabarhub

सौर्य एयरलाइन्सको विमान दुर्घटना : १७ जनाको शव आफन्तले बुझे


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका १७ जनाको शव आफन्तले बुझेका छन् । नेपाल प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु भएका १८ जनामध्ये शनिबार साँझसम्म १७ जनाका आफन्तले शव बुझेका हुन् ।

एक विदेशी नागरिकको शव भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमै रहेको छ । सौर्य एयरलाइन्समै कार्यरत यमनी नागरिक आरिफ रेडाको शव भने अस्पतालमै रहेको छ ।

गत बुधबार त्रिभुवन विमानस्थलबाट पोखरातर्फ उडेको सौर्य एयरलाइन्सको दुर्घटनामा परेको थियो । जहाजमा सवार १९ मध्ये विमान चालक मनिषरत्न शाक्यबाहेक सबैको ज्यान गएको थियो । 

विमान चालक शाक्यको अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ र उनको अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ६ : २८ बजे

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति युएईबाट पक्राउ

काठमाडौं – ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड नोटिस

सुरक्षा खतरा देखाउँदै रूसी नागरिकविरूद्ध इयूले भिसामा थप कडाइ गर्दै

ब्रसेल्स, बेल्जियम – युक्रेन युद्धको लगभग चार वर्ष पछि युरोपेली

सार्वजनिक पुस्तकालयको विकासमा बागमती प्रदेशले सहयोग गर्छ : मुख्यमन्त्री बानियाँ

काठमाडौं–  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिँयाले सार्वजनिक पुस्तकालयको विकासमा प्रदेश

‘मौरिस हर्जोग’ पदमार्ग पुनःसञ्चालन

म्याग्दी– अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्ग पुनःसञ्चालन भएको