बस खोज्न प्रयोग गरिएको चुम्बक नै त्रिशूलीले बगाइदियो « Khabarhub

बस खोज्न प्रयोग गरिएको चुम्बक नै त्रिशूलीले बगाइदियो


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

चितवन- गत असार २८ गते बिहान भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालमा झरेको पहिरोसँगै त्रिशूलीमा बगेका दुईवटा बसको खोजीमा प्रयोग गरिएको चुम्बक नै हराएको छ ।

भारतीय उद्दार टोलीले सिमलतालस्थित त्रिशुली नदीमा हराइरहेको बसको खोजीमा प्रयोग गरिएको १९ केजीको चुम्बक नै बगेर बेपत्ता भएको हो ।

शनिबार दिउँसो खोजीका क्रममा १९ केजीको चारपाटे चुम्बक त्रिशूलीले बगाइदिएको उद्धार टोलीका एक सदस्यले बताएका छन् । चुम्बक खोज्न देवघाटसम्म पुगे पनि भेट्टाउन सकेनन।

उक्त १९ केजीको चुम्बकसहित लाइफ ब्वाई ट्युबसमेत त्रिशूलीले बगाएको छ । लाइफ ब्वाई ट्युब पानीमा मानिस डुबेका बेला उद्दारमा प्रयोग गरिन्छ ।

एक साताअघिदेखि भारतीय टोलीले त्रिशूलीमा डुबेका बस खोजिरहेको छ । शनिबार १९ केजी र १४ केजीका दुईवटा चुम्बक प्रयोग गरेर खोजी अघि बढाइएको थियो ।

हालसम्म त्रिशूलीमा डुबेका करिब ६५ जना यात्रुमा २४ जनाको शव भेटिएको छ । अन्य यात्रु र बस अझै बेपत्ता छन् ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ७ : २० बजे

रविसँग गोप्य छलफलपछि प्रधानमन्त्री बालेन संसद्‍मा झुल्किए

काठमाडौं- सरकारका एकपछि अर्को काम विवादमा पर्दै गएपछि घेराबन्दीमा परेका

बीमित हित संरक्षणमा गम्भीर छौँ : बिमा प्राधिकरण

काठमाडौं– नेपाल बिमा प्राधिकरणले बीमित हित संरक्षण एवं बीमा व्यवसायको

खमेनी परिवारबारे ट्रम्पको नयाँ दाबी, हर्मुजमा शुल्क असुल्ने प्रस्ताव पनि

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातुल्ला अली खमेनीका

लगातारको वर्षाका कारण चितवन जलमग्न

काठमाडौं– लगातारको वर्षाका कारण चितवनको विभिन्न स्थान डुवानमा परेको छ

सांसदहरूको माग : सुकुमवासी समस्या समाधान र गणेश नेपाली घटनाको निष्पक्ष छानबिन

 काठमाडौं- प्रतिनिधिसभाका सांसदहरूले सुकुमवासीको समस्या तत्काल समाधान गरी उचित व्यवस्थापन गर्न