२७०० क्रस भएर २६८१ मा बन्द भयो नेप्से, बैंकिङ समूहमा उछाल  | Khabarhub Khabarhub

२७०० क्रस भएर २६८१ मा बन्द भयो नेप्से, बैंकिङ समूहमा उछाल 


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


7.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज नेपाल स्टक एक्सचेन्ज –(नेप्से)ले २७०० को विन्दु पार गरेको छ । नेप्सेले आज कारोबार सुरु भएको १ मिनेटमा पहिलो सकारात्मक सर्किट लागेर २० मिनेटका लागि बजार बन्द भएको थियो भने दोस्रो पटक कारोबारमा आएको पुनः १ मिनेटमा दोस्रो सर्किट लागेर बन्द भएको थियो । 

आज शेयर बजारमा उछाल आउँदा वाणिज्य बैंकिङ समूहमा पनि उछाल आएको छ । स्टान्डर्ड चार्टर्स बैंक बाहेक १९ वटा बैंकमा सकारात्मक सर्किट लागेको छ । समग्रमा पुरा बैंकिङ समूह ९.८९ प्रतिशतले बढेको छ । लामो समय देखि वाणिज्य बैंकको शेयरले राम्रो प्रफमेन्स गर्न नसकि रहेको अवस्थामा आज वाणिज्य बैंक समूह १४१.७६ अंकले बढेर १५७४.३४ विन्दुमा पुगेको छ । 

नेपाल राष्ट्र बेंकले शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिले बैंकलाई लक्षित राम्रो नीतिहरू लिएको थियो । त्यसले गर्दा पनि आज बैंकिङ समूहमा उछाल आएको हो । मौद्रिक नीतिमा संस्थागत लगानीकर्ताका लागि लगाइएको २० करोडको क्याप हटेको छ । 

विशेष गरेर संस्थागत लगानीकर्ताले वित्तीय अवस्था राम्रो भएको कम्पनीमा लगानी गर्ने गरेका छन् । त्यसमा बैंक पर्ने गरेका कारण आज सबै बैंकमा उछाल आएको हो । 

२७०० विन्दुमा पुगेको नेप्से बजार बन्द हुँदा ४.४१ प्रतिशतले बढेर २६८१.५६ विन्दुमा पुगेको छ । आज नेप्से ११३.४२ अंकले बढ्दा १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज ३१८ वटा कम्पनीको ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता शेयर १ लाख ६३ हजार ८१० पटक किनबेच भएको छ । आज १४८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ८७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज १३ वटा समूहमध्ये सबै समूहको शेयर मूल्य बढ्दा लघुवित्त समूह भने घटेको छ । लघुवित्त समूह १०.०६ अंकले घटेर ५५६१.०७ विन्दुमा पुगेको छ । आज सबैभन्दा बढी बढ्ने समूहमा बैंकिङ र विकास बैंक नै रहेका छन् । विकास बैंक समूह पनि आज ४.८७ प्रतिशतले बढेर ५२९१.७१ विन्दुमा पुगेको छ । 

आज २१ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एउटा कम्पनीको शेयर मूल्य ९.३५ प्रतिशतले घटेको छ । आज सबैभन्दा बढी कुमारी बैंकको कारोबार भएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ३ : २१ बजे

राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ निक्षेप तान्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकले अधिक तरलता कायम रहेपछि आज ५०

फिलिपिन्समा कलमेगी चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या ६६ पुग्यो, २६ अझै बेपत्ता

मनिला– आइतबारदेखि फिलिपिन्समा आएको कलमेगी चक्रवातका कारण मृत्यु हुनेहरूको सङ्ख्या

प्राङ्गारिक मलको प्रयोगले माटोको उर्वराशक्ति बढ्यो 

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका-९ स्थित सामुदायिक पशुचौपाया व्यवस्थापन केन्द्रले किसानलाई प्राङ्गारिक

मध्य भारतमा रेल दुर्घटना : यात्रु र मालवाहक रेल ठोक्किँदा कम्तीमा ११ जनाको निधन

नयाँदिल्ली– मध्य भारतमा मङ्गलबार राति एक यात्रु रेल मालवाहक (कार्गो)

मौरीपालनबाट वार्षिक १५ लाख कमाउँदै ७३ वर्षीय टीकाराम

पर्वत– उमेरले ७३ वर्ष पार गरे पनि जोशजाँगर भने लक्काजवानको भन्दा