सौर्य एयरको विमान दुर्घटनाबारे अध्ययन सुरु भइसकेको छ : मन्त्री पाण्डे « Khabarhub

सौर्य एयरको विमान दुर्घटनाबारे अध्ययन सुरु भइसकेको छ : मन्त्री पाण्डे

ज्यान गुमाएका परिवारलाई रोजगारीको व्यवस्था गर्ने प्रतिवद्धता


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरको विमान दुर्घटनासम्बन्धी जाँचबुझ आयोगले अध्ययन सुरु गरिसकेको जानकारी दिएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पाण्डेले जहाज दुर्घटना भएपछि सरकारले पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको र आयोगले दुर्घटनास्थलको स्थलगत निरीक्षणका साथै ककपिट भ्वाइस रेकर्डरको समेत अध्ययन सुरु गरिसकेको जानकारी दिए ।

दुर्घटनामा परेका १७ जना नेपालीको शव सम्बन्धित परिवारलाई बुझाइसकेको उल्लेख गर्दै उनले एक विदेशी नागरिकको शव बुझाउने प्रक्रिया सुरु भइसकेको बताए । दुर्घटनापछि मृतकका परिवारलाई बिमा लगायतका क्षतिपूर्ति दिन सौर्य एयरलाई निर्देशन दिइसकेको उनले बताए ।

त्यस्तै उनले दुर्घटनामा ज्यान गुमाएका परिवारलाई सम्भव भएसम्म रोजगारीको व्यवस्था गर्ने प्रतिवद्धता सम्बन्धित एयरलाइन्सले जनाएको उल्लेख गरे ।

मन्त्री पाण्डेले हाल नेपालमा आन्तरिक उडानका यात्रा गर्ने यात्रुको दुर्घटना विमान २० हजार डलरमात्रै रहेकाले त्यसलाई बढाउन आन्तरिक उडानका लागि बिमा व्यवस्था गर्ने विधेयक तर्जुमाका लागि कार्य अघि बढिसकेको जानकारी दिए ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ३ : ३६ बजे

होर्मुज जलडमरूमध्ये पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने 

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी