इरानका सर्वोच्च नेताले गरे पेजेस्कियनलाई आधिकारिक समर्थन « Khabarhub

इरानका सर्वोच्च नेताले गरे पेजेस्कियनलाई आधिकारिक समर्थन


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीले इस्लामिक गणतन्त्रको नवौं राष्ट्रपतिको रूपमा मसूद पेजेस्कियनलाई आइतबार आधिकारिक समर्थन गरेका छन् ।

‘म बुद्धिमान, इमानदार, लोकप्रिय र विद्वान श्री पेजेस्कियनलाई समर्थन गर्दछु  र उहाँलाई इस्लामिक गणतन्त्र इरानको राष्ट्रपतिको रूपमा नियुक्त गर्दैछु’, खामेनीको कार्यालयबाट जारी गरिएको सन्देशमार्फत उनले भने । 

इरानमा ‘सुधारवादी’ मानिने नयाँ राष्ट्रपतिले मंगलबार संसद्‌मा शपथ लिने छन् ।

वरिष्ठ इरानी अधिकारी र विदेशी कूटनीतिज्ञको उपस्थितिमा राजधानी तेहरानमा अनुमोदन समारोह आयोजना गरिएको थियो । चरम गर्मीका कारण आइतबार राष्ट्रव्यापी रूपमा ब्यांकलगायत अधिकांश सरकारी कार्यालयहरू बन्द गर्ने आदेश दिइएको थियो । 

गत मे महिनामा हेलिकप्टर दुर्घटनामा राष्ट्रपति इब्राहिम रायसीको मृत्यु भएपछि आयोजित निर्वाचनमा ६९ वर्षीया पेजेस्कियनले जुलाई ५  मा अल्ट्रा कन्जरभेटिभ सईद जलिलीको विरुद्ध चुनाव जितेका थिए ।

कार्यक्रमपछि कार्यवाहक राष्ट्रपति मोहम्मद मोखबरले पेजेस्कियनलाई आधिकारिक जिम्मेवारी हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ४ : ५८ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था