प्रचण्डलाई नेताहरूले भने- अब जनता र आफ्नै वर्गतिर फर्किनुको विकल्प छैन « Khabarhub

प्रचण्डलाई नेताहरूले भने- अब जनता र आफ्नै वर्गतिर फर्किनुको विकल्प छैन


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (माओवादी केन्द्र) को आइतबार बसेको पदाधिकारी बैठकमा अब जनतामा जानुको विकल्प नरहेको कुरा उठेको छ ।

बैठकमा सहभागी नेताहरूले अध्यक्ष एवम् भर्खरै सरकार छाडेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका हुन् ।

बैठकमा उपमहासचिव जनार्दन शर्मा प्रभाकर, गणेश शाह, हितमान शाक्य, गिरिराजमणि पोखरेल र श्रीराम ढकालले वर्तमान राजनीतिक परिस्थितिबारे बोले । उनीहरूले अब जनता र वर्गसँगको कडीलाई बलियो बनाउनुको विकल्प पार्टीलाई नरहेको सुझाव अध्यक्ष दाहाललाई दिए ।

‘परिस्थिति जटिल र पेचिलो बन्दै गएको छ । राष्ट्रियता, जनतन्त्र, जनजीविकाका सवाल हामीमाझ असरल्ल छन् । हामीले एउटा सन्देश दिएर सरकार छाडेका हौँ’, बैठकमा नेताहरूको भनाइबारे प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘अब हामीले जनतामा जानुपर्छ । जनतामा गएर वर्गसँगको कडी फेरि बलियो बनाउनुपर्छ। जनतासँगको कडी बलियो भए पार्टी उठ्छ । हामी अब जनता र वर्गतिर फर्कनु पर्छ भन्ने धारणा नेताहरूबाट आएको छ ।’

माओवादी उपाध्यक्षसमेत रहेका सापकोटाले पार्टी अहिले ठूलो रुपान्तरणका क्रममा रहेको बताए । उनले मंगलबार पदाधिकारी बैठक सकिएपछि स्थायी कमिटी बैठक बस्ने जानकारी दिए ।

त्यसपछि केन्द्रीय समिति बैठक राखेर पार्टी जनतामाझ पुग्ने, जनताका कुरा सुन्ने र पार्टीप्रति जनताको धारणाबारे खुल्ला छलफल गर्ने तयारी रहेको सापकोटाले बताए ।

जनताबाट प्राप्त सुझावका आधारमा माओवादीले अब विचार, रणनीति र सिद्धान्त सुधार्नुपर्ने सुझाव आएको उपाध्यक्ष सापकोटाले बताएका छन् ।

‘प्रचण्ड’ नेतृत्वको निवर्तमान सरकारले सामाजिक न्याय र सुशासनका लागि चालेको कदम जनतामा पुगेको सन्देशलाई पार्टीले उपयोग गर्नुपर्ने निष्कर्ष पनि बैठकले निकालेको छ । यससँगै कमीकमजोरी जस-अपजस सबैले बोकेर गम्भीर समीक्षा गर्नुपर्ने धारणा नेताहरूबाट आएको सापकोटाले बताएका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ७ : १८ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५