काठमाडौं प्रहरीले रवि पत्नी निकिताको जाहेरी लिन मानेन « Khabarhub

काठमाडौं प्रहरीले रवि पत्नी निकिताको जाहेरी लिन मानेन


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रवि लामिछानेकी पत्नी निकिता पौडेलले दिएको जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता गर्न अस्वीकार गरेको छ ।

लामिछानेलाई फसाउँने नियतले भिडियो तथा विद्युतीय सामग्री किर्ते गर्ने विरुद्ध जाहेरी दिन गएकी पौडेललाई प्रहरीले जाहेरीका लागि चितवन जान सुझाव दिएको हो ।

किर्तेको उजुरी लिएर पुगेकी पौडेलसहितको टोलीले धैरै समय प्रहरीलाई जाहेरी लिन आग्रह गरेको थियो । तर घटना, भिडियो, आरोपीहरूमाथि चितवन प्रहरीले नै छानबिन गरिरहेकाले निकिताको जाहेरी काठमाडौंबाट हेर्न नमिल्ने भएकाले उतै जान सुझाव दिएको एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा सार्वजनिक भएको भिडियो किर्ते गरेको आरोपमा तीन जनाविरूद्ध प्रहरीमा जाहेरी लिएर उनी काठमाडौं परिसर गएकी थिइन् ।

पौडेलले चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरूद्ध जाहेरी दिएकी थिइन् ।

काठमाडौं प्रहरीले जाहेरी लिन नमानेपछि लामिछाने पत्नी पौडेलसहितको टोली त्यसै फर्किएको छ ।

पुडासैनी आत्महत्या प्रकरणमा लामिछानेसहित तीन जनाविरुद्ध चितवन प्रहरीले आत्महत्या दुरूत्साहन मुद्दामा अनुसन्धान गरिरहेको छ ।
पुडासैनीले गत साउन २० गते भरतपुरस्थित एक होटलमा आत्महत्या गरेका थिए ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ३ : ३२ बजे

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौं– लामखुट्टेको टोकाइबाट सर्ने जापनिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा मृत्यु

चुनदेवीबाट गगनविरुद्ध सक्रियता बढाउँदै देउवा (तस्बिरहरू)

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशन तयारी अघि

जेन-जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर– गत वर्षको जेन-जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान

टेस्लाले सेप्टेम्बर ३ मा ‘साइबरक्याब’ रोबोट्याक्सी सार्वजनिक गर्ने

वाशिङ्टन- अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सेप्टेम्बर ३ मा टेक्सासको

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र