जब प्रधानमन्त्री ओलीलाई तेह्रथुमका जनप्रतिनिधिले भेटे... | Khabarhub Khabarhub

जब प्रधानमन्त्री ओलीलाई तेह्रथुमका जनप्रतिनिधिले भेटे…


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली चौथो पटक गत असार ३० गते उक्त पदमा नियुक्त भएपछि उनी जन्मेको जिल्ला तेह्रथुमका सङ्घीय सांसद, स्थानीय तहका जनप्रतिनिधिसहित सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले) का नेता–कार्यकर्ताले आज त्यस्तै प्रकारको खुसी र गौरव अभिव्यक्त गरेका छन् ।

उनीहरूले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई सामूहिकरुपमा भेटेर कार्यकाल सफलताको बधाई र शुभकामना दिए ।

प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री सीता गुरुङसहितको टोलीले जिल्लामा विकास निर्माणका कामले गति पाउने आशा र विश्वास व्यक्त गरे । तेह्रथुमको आठराई गाउँपालिका–४, इवामा २००८ फागुन ११ गते जन्मनुभएका प्रधानमन्त्री ओलीको परिवार  २०२० सालमा झापा बसाइ सरेको हो ।

‘हाम्रै धुलो माटोमा जन्मिएर चार चार पटकसम्म मुलुकको प्रधानमन्त्री हुनु हामी जिल्लावासीका लागि गौरवको विषय हो । संयोगले यस पटक विश्वासको मत दिने क्रममा म पनि तपाईँको पक्षमा उभिन पाएँ । एक पटक जिल्ला र जन्मस्थल आठ्राई आएर त्यहाँको अवस्थाबारे बुझिदिनुहोला’, कांग्रेस सांसद गुरुङको सो आग्रहलाई प्रधानमन्त्री ओलीले श्रवण गरेका थिए ।

प्रधानमन्त्री ओलीले सांसद गुरुङ र आठ्राई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले दिएको विकास निर्माण सम्बन्धी लिखित माग पत्रलाई आवश्यक कारबाहीका लागि आफ्नो सचिवालयलाई जिम्मा दिए ।

लाँलीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबुहाङको चाहना पनि ती माग कार्यान्वयन हुनुपर्छ भन्ने रहेको छ । यस्तै सांसद गुरुङले प्रधानमन्त्री ओली पढेको पोखारी माध्यमिक विद्यालयको भवन जीर्ण अवस्थामा रहेको, १५ शय्याको गाउँपालिका अस्पताल निर्माणमा ढिलाइ भइरहेको, सुकेपोखरी–प्रणामी मावि–ढङु्गेसाँघु सडक, लुम्बुघाट मोटरपुल आदि ठेक्का लागेका योजना अलपत्र परेकाबारे प्रधानमन्त्री ओलीलाई अवगत गराए ।

चुहानडाँडामा निर्माण हुने विमानस्थल लामो समयदेखि वातावरणीय प्रभावको अध्ययनमा मात्र सीमित भइरहेको हुँदा वातावरणीय अध्ययन कार्यलाई यथाशीघ्र सम्पन्न गरी निर्माण कार्य अगाडि बढाउन आवश्यक निर्देशन दिन गाउँपालिकाकाले आग्रह गरेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  १ : ४४ बजे

अस्ट्रेलियासँगको हारपछि भारतको सेमिफाइनल सम्भावना कमजोर

दुबई – अस्ट्रेलियासँगको हारपछि भारतले महिला विश्वकप टी-२० विश्वकप क्रिकेटको

ट्रम्पको र्‍यालीबाट एक बन्दुकधारी गिरफ्तार

क्यालिफोर्निया – शनिबार क्यालिफोर्नियामा भएको डोनाल्ड ट्रम्पको र्‍यालीको ठिक बाहिरबाट

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल असोज २८ गते सोमबार तदनुसार

आज २०८१ साल असोज २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज २८ गते सोमबार तदनुसार

महिला टी-२० विश्वकप : इङल्याण्डको लगातार तेस्रो जित

काठमाडौं – आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत इङल्याण्डले स्कटल्याण्डलाई पराजित