नेताहरूको मृत्युको कामनासहित अनुष्ठान गरेपछि पुष्कर खतिवडा पक्राउ « Khabarhub

नेताहरूको मृत्युको कामनासहित अनुष्ठान गरेपछि पुष्कर खतिवडा पक्राउ


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आफूलाई धार्मिक अभियन्ता बताउने पुष्कर खतिवडा पक्राउ परेका छन्। प्रधानमन्त्रीसहितका नेताहरूको फोटो राखेर यमराजको अनुष्ठान गरिरहेका बेला उनी पक्राउ परेका हुन् ।

काठमाडौंस्थित आफ्नै घरमा नेताहरूको मृत्युको कामनासहित धार्मिक अनुष्ठान गरेपछि उनलाई सोमबार बिहान जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

खतिवडालाई घरबाटै पक्राउ गरेर हिरासतमा राखिएए जिल्ला परिसर काठमाडौंका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरूको फोटो राखेर मृत्युको कामननासहित अनुष्ठान गरिएपछि त्यसलाई आपत्तिजनक भन्दै खतिवडालाई पक्राउ गरिएको हो।

खतिवडाले आफू पक्राउ परेको सूचना सुरुमा सामाजिक सञ्जालमा लेख्न भ्याएका छन् । ‘मलाई भर्खरै प्रहरी वृत्त महाराजगञ्ज लगिएको छ। कामना गरौँ देश बनोस्’, उनले भनेका छन् ।

खतिवडाले केही दिनअगाडि नेताहरूको मृत्युको कामना गर्दै अनुष्ठान गर्न लागेको जानकारी सामाजिक सञ्जालबाटै दिएका थिए । खतिवडाले आफूलाई धर्मगुरु र ज्योतिषका रुपमा चिनाउने गरेका छन् । झापाका उनी काठमाडौंमा बस्ने गरेका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  १ : ५४ बजे

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको