प्रहरीले उजुरी लिन नमानेपछि सरकारी वकिलको कार्यालय पुगिन् निकिता « Khabarhub

प्रहरीले उजुरी लिन नमानेपछि सरकारी वकिलको कार्यालय पुगिन् निकिता


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले उजुरी लिन नमानेपछि रवि लामिछानेकी पत्नी निकिता पौडेल जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं पुगेकी छिन् ।

सरकारी विद्युतिय प्रमाण किर्ते गरेको कसुरमा उजुरी दर्ता गर्न महानगरिय प्रहरी परिसर टेकु पुगेकी निकिताको प्रारम्भिर उजुरी लिएर छलफल पछि प्रहरीले फिर्ता गरेको थियो । प्र्रहरीले उजुरी दर्ता लिन नमानेपछि निकिता बुधबार अबेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं पुगेकी छिन् ।

‘उहाँहरु सरकारी वकिलको कार्यालय आउनु भएको छ’ जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका सहन्यायाधीवक्ता चन्द्रकान्त खनालले भने,‘यो विषयमा हामी छलफलमै छौं ।’

मुलुकी फौजदारी कार्यविधी संहिता ऐन–२०७४ को दफा ५ को उपदफा १ मा प्रहरीले उजुरी दर्ता गर्न इन्कार गरेमा उजुरी दिने व्यक्तिले सम्बन्धित जिल्ला सरकारी वकिलको कार्यालय वा माथिल्लो तहको प्रहरी कार्यालयमा उजुरी दर्ता गर्न पाउने व्यवस्था गरेको छ ।

निकिताको उजुरीमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्ल, प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष तथा जनआस्था साप्ताहिक पत्रिकाका सम्पादक किशोर श्रेष्ठ र नेपालआजडट्कम नाम अनलाइन समाचार पोर्टलका सम्पादक संकेत कोइरालालाई विपक्षी बनाइएको छ ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पत्रकार लामिछानेसहितका तीन जना चितवन प्रहरीको हिरासतमा रहेका छन् । गत शुक्रवार पाँच दिनको लागि जिल्ला अदालतले थप अनुसन्धकानको लागि प्रहरीलाई समय दिएको थियो ।

मंगलबार(हिजो) प्रहरीले रविसहितका तीन जनामाथिको अनुसन्धान नसकिएको भन्दै भन्दै पुन समय थप गर्न माग गर्दै अदालतमा पेश गरेको थियो ।
अदालतले थप अनुसन्धानका लागि भन्दै प्रहरीलाई पाँच दिनको समय दिएको थियो ।

आत्महत्या गर्नुअघि पत्रकार पुडासैनीले आफूले आत्महत्या गर्नुमा पत्रकार लामिछानेसहित तीन जनाको कारण रहेको बताएको भीडियो रेकर्ड गरेका थिए । तर उक्त भिडियो किर्ते गरि सार्वजनिक गरिएको भन्दै रवि पत्नी निकिताले उजुरी गर्न लागेकी छिन् ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ४ : ५५ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले