रहेनन् ‘राँको’ का निर्देशक किशोर राना « Khabarhub

रहेनन् ‘राँको’ का निर्देशक किशोर राना


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लामो समयदेखि मृगौला रोगबाट पीडित वरिष्ठ फिल्म निर्देशक किशोर राना मगरको निधन भएको छ । ५४ वर्षीय रानाको बुधबार निधन भएको परिवारले जनाएको छ ।

लामो समय फिल्म क्षेत्रमा सक्रिय रहेका निर्देशक रानाले सीमारेखा, करोडपति, राँको, कान्छी, बन्धकी, एक नम्बरको पाखे लगायत कैयन् फिल्ममा निर्देशन गरेका छन् । परिवारका अनुसार उनलाई आजै उनलाई पशुपति आर्यघाटमा अन्तेष्टि गरिनेछ ।

लामो समयदेखि मृगौला रोगबाट पीडित रानाले ६ वर्षदेखि डाइलासिस गराउँदै आएका थिए । पुर्ख्यौली घर गुल्मी भएका रानाको जन्म सुनसरीमा भएको थियो । आर्थिक अभावका कारण रानाको मृगौला प्रत्यारोपण गर्न नसकिएको परिवारले जनाएको छ ।

‘राँको’ फिल्मबाट निर्देशनमा डेब्यु गरेका रानाले एक दशकभन्दा बढी बलिउड फिल्म क्षेत्रमा बिताएका थिए । उनले एक भोजपुरी चलचित्रमा समेत काम गरेका थिए । रानालाई फिल्मकर्मीले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ४ : ५९ बजे

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर आगलागी, चालक सकुशल

काठमाडौँ – पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ मा बिहीबार

धनुषा जिल्ला अदालतद्वारा पाँच हजार २१६ मुद्दा फर्स्योट

जनकपुरधाम– धनुषा जिल्ला अदालत जनकपुरधामले गत आर्थिक वर्ष (आव) २०८२–८३

गोरखाको १२ किलोमा पहिरो: पेट्रोल पम्पमा क्षति

गोरखा – लगातारको वर्षाका कारण आज बिहान गएको पहिरोले गोरखा

बझाङ–बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ– कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका लागि

मेसी बने लिग्स कप इतिहासकै सर्वाधिक गोलकर्ता

काठमाडौँ – फिफा विश्वकपको थकान मेटाएर फर्किएका कप्तान लियोनेल मेसीको