भक्तपुर क्यान्सर अस्पतालमा दुईवटा रेडियोथेरापी मेसिन सञ्चालन | Khabarhub Khabarhub

भक्तपुर क्यान्सर अस्पतालमा दुईवटा रेडियोथेरापी मेसिन सञ्चालन


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– पछिल्लो समय क्यान्सर रोगका बिरामी वृद्धि भएसँगै भक्तपुर क्यान्सर अस्पतालले दोस्रो रेडियोथेरापी मेसिन जडान गरेर उपचार सुरु गरेको छ ।  यसअघि अस्पतालमा रहेको एक मात्रै मेसिनबाट लामो समय लगाएर क्यान्सरपीडितको रेडियोथेरापी गर्दै आएको थियो ।

अस्पतालले दुई वर्ष देखि यत्तिकै थन्किएर बसेको अनुदानको थेरापी मेसिनलाई आन्तरिक स्रोत जुटाएर जडान गरी अस्पतालका कार्यकारी निर्देशक डा. उज्जवल चालिसे नेतृत्वको प्रशासन तथा चिकित्सक टोलीले प्रयोगमा ल्याएको हो ।

उक्त रेडियोथेरापी मेसिन भारत सरकारले दुई वर्ष अघि अनुदानमा उपलब्ध गराए पनि तत्कालीन भक्तपुर अस्पतालको प्रशासनले स्रोत अभाव देखाएर  प्रयोग ल्याउन सकेको थिएन। तर प्रमुख चालिसे अस्पतालको निमित्त कार्यकारी निर्देशक बनेर आएसँगै दोस्रो थेरापी मेसिन सञ्चालनमा आएको हो ।

अस्पतालले साउन पहिलो सातदेखि सञ्चालनमा ल्याएको उक्त मेसिनबाट हालसम्म करिब दर्जन हाराहारीको संख्याका क्यान्सर रोगीको नि:शुल्क थेरापी गरेको डा. चालिसेले बताए । नयाँ मेसिनबाट अति विपन्न र गरिबहरूको विना शुल्क सेवा दिइरहेको उनको भनाइ छ ।

पुरानो एक मात्रै रेडियोथेरापी मेसिन हुँदा रेडियोथेरापी रेडियशनको लागि अस्पतालमा आउने बिरामी चाप धान्न र पालो दिन महिनौँ सम्म कुर्नुपर्ने बाध्यतालाई रोक्न तथा किमो लिएर क्यान्सर उपचार गरिरहेका बिरामीलाई समयमै रेडियोथेरापीको सेवा उपलब्ध गराउन सकियोस् भन्ने उद्देश्यले थन्किएको मेसिन प्रयोग ल्याएको डा. चालिसे बताए ।

यस अस्पतालमा दैनिक दुई देखि चार सय हाराहारीमा क्यान्सर पीडित बिरामी आउने गर्छन् । डा.चालिसे भन्छन् ‘पछिल्लो वर्षहरू अत्यधिक रूपमा क्यान्सर रोगी वृद्धि हुँदै गएका छन् । भौतिक संरचना अभाव तथा बेड अभावले बिरामीलाई चाडै सेवा दिन असहज भइरहेको छ। सय बेडको अस्पताल भए पनि दैनिक दुई सय भन्दा माथि बिरामी आउने गर्छन् ।’

बेड अभावका कारण कतिपय बिरामीले पालो कुर्नुपर्ने बाध्यता पनि रहेको हुँदा अस्पताल व्यवस्थापन समितिसँग भौतिक संरचना निर्माण तथा बेड थपको विषयमा छलफल भइरहेको उनले सुनाए । देशभरबाट क्यान्सर उपचारको लागि बिरामी आउने गर्छन् स्रोतसाधन सीमित छ। अस्पताल देखिएको समस्या गर्न सके यहाँको उपचार प्रणालीलाई अझै उत्कृष्ट बनाउन सकिने उनले बताए ।

काठमाडौँ उपत्यका केन्द्रित भए पनि यहाँ भारत पुगेका बिरामी पनि सर्वसुलभ र भरपर्दो क्यान्सरको उपचार हुने हुँदा फर्केर अस्पताल आउने गरेको चालिसे सुनाए । यस भक्तपुर क्यान्सर अस्पतालले क्यान्सर बिरामीहरूको उपचार र रोकथाम कार्य नयाँ प्रविधि तथा भरपर्दो हिसाबले गर्दै आइरहेको छ ।

यसको भौतिक संरचना पुरानो र अभाव झेलिएपनि भएका स्रोतसाधन उत्कृष्ट सेवा दिइरहेको निर्देशक डा.चालिसे बताउँछन् ।

सबै खालका क्यान्सर बिरामीहरूको उपचार अस्पतालबाट हुँदै आएको छ।यहाँ क्यान्सर  शल्यक्रिया, रेडियोथेरापी, किमोथेरापी, प्यालिएटिभ केयर, डे-केयर र बच्चाको क्यान्सर सेवा दक्ष चिकित्सक र स्वास्थ्यकर्मीबाट प्रदान गर्दै आइरहेको छ।

-सुबास बस्नेत

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  १ : २८ बजे

आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने

काठमाडौं- नेपाल प्रहरीका ३३ औँ महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार प्रधान

द काउन्सिल अफ जेन-जीले तोक्यो झापा बाहेक कोशीमा संयोजक

काठमाडौं– द काउन्सिल अफ जेन-जीले कोशी प्रदेशका जिल्लाहरूमा संगठन विस्तार

जेलेन्स्कीलाई भ्रष्टाचारविरुद्ध ‘ऊर्जावान्’ कदम चाल्न मर्जको आग्रह

बर्लिन– युक्रेनले भ्रष्टाचारविरुद्ध लड्न अझ धेरै काम गर्ने अपेक्षा जर्मनीले

राष्ट्रियसभाका सदस्यहरू अध्यागमन विभागको अनुगमनमा

काठमाडौं– राष्ट्रियसभाका सदस्यहरूले बिहीबार अध्यागमन विभागको वस्तुगतस्थिति अनुगमन गर्न विभागको

मैले हर्कलाई छोडेको होइन, बेवास्ता गरेपछि कुलमानसँग जोडिएँ : डकेन्द्रसिंह थेगिम (अन्तर्वार्ता)

काठमाडौं- डकेन्द्रसिंह थेगिम शिक्षण पेशाबाट अवकाशपछि २०८१ वैशाख १५ गतेको