नेपाली समाजमा खीरको महत्व | Khabarhub Khabarhub

नेपाली समाजमा खीरको महत्व


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

खीर नेपालीको सांस्कृतिक परिकार हो । भगवानलाई प्रसादका रूपमै चढाइने खीर हरेक भोजभतेर, श्राद्ध, पूजाआजा, विवाह, व्रतबन्धको अनिवार्यजस्तै परिकार हो । बच्चालाई पहिलो अन्नको रूपमा पास्नीमा खीर नै चखाउने गरिन्छ । 

बच्चालाई दूध र भात खुवाउने हाम्रो पुर्खौंदेखिको चलन हो । । पानी नमिसाएर दूधमा मात्रै चामल राखेर पकाउँदा अझ पोसिलो हुने जनस्वास्थ्यविद्‌ डा.अरुणा उप्रेती बताउँछिन् । 

साउन १५ मै किन खाने खीर ? 
साउनमा खीर खानुको कारण ठ्याक्कै यही हो भन्न त सकिँदैन । ‘तर साउनमा जताततै हरियो चरनहरू हुने भएकाले गाईभैँसीले राम्रो घाँस खान पाउँदा दूध धेरै दिन्छन् । त्यसैले पनि खीर खाने चलन चलेको हुन सक्छ,’ डा. उप्रेती भन्छिन् । 

असार १५ मा दही-चिउरा खाने र साउनमा खीर खाने प्रचलन हाम्रो नेपालमा मात्रै हो, भारतमा छैन । र; कुनै सांस्कृतिक किताबहरूमा पनि उल्लेख भएको पाइएको छैन । 

नेपाल कृषिप्रधान देश भएकाले असारमा खेत रोपेर थाकेका किसानहरूलाई शक्ति प्राप्त होस भनेर पनि यो चलन चलेको हुनसक्ने उनको तर्क छ । पश्चिम नेपालमा साउन १५ मा मात्रै होइन, साउन महिनाभर खीर खानु राम्रो हुने विश्वास रहेको छ ।

खीरले स्वास्थ्यमा गर्ने फाइदा
डा. उप्रेती भन्छिन्, ‘वर्षायाममा विभिन्न खाले पानीजन्य सङ्क्रामक रोगहरू लाग्ने , चाँडैचाँडै मौसम परिवर्तन हुन्छ । छिनमै असाध्यै गर्मी हुने र वर्षाका कारण छिनमै चिसो हुने भएकाले त्यहीँ प्रकारको तागतिलो खानेकुराहरू खानुपर्छ । जुन हामीलाई खीरबाट पनि प्राप्त हुन्छ ।’ 

उसो त दूग्धजन्य सबै परिकारहरू सबै स्वास्थ्यका लागि फाइदाजनक नै मानिन्छन् । अझ विशेषगरी चामल राखेर धेरैबेर पकाउँदा दूधमा हुने तत्त्व र गुण बढ्ने भएकाले शरीरलाई धेरै फाइदा पुग्ने उनको भनाइ छ । 

कस्तो खीर स्वस्थवद्धर्क ? 
पछिल्लो समय खीर पकाउँदा धेरै चिनी, घ्यू र मसलाहरू राख्ने गरिन्छ । त्यसरी पकाइएको खीर खान त मीठो हुन्छ, तर स्वास्थ्यलाई  त्यति फाइदा नपुग्ने डा. उप्रेती बताउँछिन्‌ ।

त्यसैले खीर पकाउँदा सकेसम्म चिनीको प्रयोग नगर्ने, गरे पनि थोरै मात्रामा गर्ने, घ्यू लगायत मसलाहरू पनि ठीक मात्रामा प्रयोग गर्न उनको सुझाव छ ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ४ : ५६ बजे

‘नेपालका पर्यटकीय गन्तव्यको प्रचार गर्न सके पर्यटकको बसाइँ लम्बाउन सकिन्छ’

काठमाडौं– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले नेपालका विभिन्न

नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा, एक भारतीयमार्फत् लिएका थिए १९ लाख घुस

काठमाडौं- नेपाल बैक लिमिटेड सञ्चालक समितिका पूर्वअध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरुद्ध

संघीय अस्पतालमा दुई हजार बढी स्वास्थ्य जनशक्ति थप्ने मन्त्रालयको तयारी 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संघीय अस्पतालहरूमा दुई हजार

रक्षा सहकार्य मजबुत बनाउन भारत र अष्ट्रेलिया प्रतिबद्ध

काठमाडौं– भारत र अष्ट्रेलियाले रक्षा सहकार्यलाई मजबुत बनाउँदै लैजाने प्रतिबद्धता

इजरायलद्वारा गाजामा सहायता प्रवाहमा अवरुद्ध

एजेनसी– इजरायलले सोमबार गाजाका लागि सहायता लिएर आएको डुङ्गालाई अवरुद्ध