भारतमा रेल दुर्घटना हुँदा दुई जनाको मृत्यु, २० घाइते « Khabarhub

भारतमा रेल दुर्घटना हुँदा दुई जनाको मृत्यु, २० घाइते


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.9k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतको पूर्वी राज्य झारखण्डमा मंगलबार रेल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । साथै २० जना घाइते भएको अधिकारीहरूले बताएका छन् । 

दुर्घटना झारखण्डको राजधानी राँचीबाट करिब १२३ किलोमिटरमा रहेको पश्चिम सिंहभूम जिल्लाको चक्रधरपुरको बडाबाम्बु स्टेशन नजिकै भएको उनीहरूले बताएका छन् ।

‘बडाबाम्बु नजिकै हावडा–मुम्बई मेल एक्सप्रेसको रेलका १८ वटा डिब्बा लिकबाट खस्दा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। एनडीआरएफको टोली घटनास्थलमा खटिरहेको छ र उद्धार कार्य जारी छ ‘, दुर्घटनास्थलमा रहेका पश्चिम सिंहभूमका उप–आयुक्त कुलदीप चौधरीले बताए।

अधिकारीहरूका अनुसार दुर्घटनाग्रस्त रेल हावडाबाट मुम्बईको छत्रपति शिवाजी महाराज टर्मिनसतर्फ जाँदै गरेको थियो  ।

रेलवे अधिकारीहरूले राहत र उद्धार कार्यका लागि कर्मचारीसहित आवश्यक राहत र चिकित्सा उपकरण तुरुन्तै घटनास्थलमा पुर्याएको जनाएका छन् । साथै प्रभावित यात्रुलाई बसमार्फत नजिकैको रेलवे स्टेसनमा लागी बाँकी यात्राका लागि विशेष रेलको व्यवस्था गरिएको उनीहरूले बताएका छन् ।

अधिकारीहरूले रेलको लिकबाट खसेका १८ डिब्बामध्ये  १६ वटामा  यात्रु सवार रहेका , एउटामा पावर कार र एउटामा प्यान्ट्री कार रहेको जनाएका छन् ।  

हावडा–मुम्बई मेल एक्सप्रेसको रेल लिकबाट खसेपछि छेउमा रहेको मालवाहक रेलसँग ठोक्किँदा  यो दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।

यसैबीच, भारतीय रेलवेले यात्रुलाई सहयोग गर्न हेल्पलाइन नम्बरहरू पनि जारी गरेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ३ : ४१ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने