डोनेत्स्क क्षेत्रको अर्को गाउँ नियन्त्रणमा लिएको रूसको दाबी « Khabarhub

डोनेत्स्क क्षेत्रको अर्को गाउँ नियन्त्रणमा लिएको रूसको दाबी


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

मस्को– रूसी सेनाले मंगबार युक्रेनको नियन्त्रणमा रहेको पूर्वी डोनेत्स्क क्षेत्रको अर्को गाउँ कब्जा गरेको दाबी गरेको छ ।  

रूसको रक्षा मन्त्रालयले टोरेट्स्कको बाहिरी इलाकामा रहेको पिभ्डेन गाउँलाई नियन्त्रणमा लिएको जनाएको हो ।  

युक्रेनी सरकारका अनुसार सन् २०२२ मा रूसले  सैन्य आक्रमण सुरु गर्नुअघि यस गाउँको जनसङ्ख्या करिब एक हजार ४०० रहेको  थियो । रूसले पूर्ण रूपमा नियन्त्रण नगरेता पनि सन् २०२२ मा डोनेट्स्कसहित पूर्वी र दक्षिणी युक्रेनका अन्य तीन क्षेत्र कब्जा गरेको जनाएको थियो ।

कुनै समय लगभग ३० हजार मानिसहरूको बसोबास रहेको टोरेट्स्क सहर हाल रूसी सेनाको निशानामा रहेको छ । पिभ्डेन गाउँ टोरेट्स्क सहरबाट करिब छ किलोमिटर दक्षिणपूर्वमा अवस्थित छ । 

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ५ : ०९ बजे

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत