आजका समाचार :  माओवादी अब गाउँ फर्किने, सचिवहरूलाई ओलीले सुनाए २६ बुँदा र विवादमा परेर फर्किइन देवी प्रतिभा  | Khabarhub Khabarhub

आजका समाचार :  माओवादी अब गाउँ फर्किने, सचिवहरूलाई ओलीले सुनाए २६ बुँदा र विवादमा परेर फर्किइन देवी प्रतिभा 


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


8.2k
Shares
  • change font
  • change font
  • change font

ओलीको घोषणा : दुई वर्ष पुग्नु एक साताअघि नै राजीनामा दिन्छु
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कार्यशैली सन्तोषजनक नभएकाले समीकरण परिवर्तन गर्नुपरेको बताएका छन् ।

मंगलबार नेपाल सरकार संघीय मन्त्रालयका सचिवको बैठकलाई सम्बोधन गर्दै ओलीले राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनमा असाधारण योगदान गरेर प्रमुख स्थान प्राप्त गरेका पार्टी अहिले सरकारमा रहेका स्मरण गराए ।


कांग्रेस एमाले अहिले आएर मात्र प्रमुख पार्टी भएका नभई इतिहास बोकेका र सामर्थ्य भएका पार्टी भएको ओलीले बताउनुभयो । देशको वर्तमान अवस्था परिवर्तन गर्न अहिले यी दुई पार्टी एक ठाउँमा आएको उनले बताए ।

अहिलेको सरकारको काँधमा असाधारण चुनौती भएको ओलीले बताएका छन् ।

प्रधानमन्त्रीको २६ बुँदे निर्देशन : धरहरा छिटो प्रयोगमा ल्याउनू, रेल र पानी जहाजको योजना बनाउनू

सचिवहरूलाई प्रधानमन्त्रीले भने- हस्ताक्षर गर्नेबित्तिकै फसिन्छ भन्ने चिन्ता नगरी काम गर्नू

कुनै हालतमा पनि वर्तमान सरकार सफल बनाउनुपर्छ : प्रधानमन्त्री

स्वदेशमै उच्च शिक्षाको अवसर उपलब्ध गराउन प्रधानमन्त्रीको आग्रह

वामपन्थीहरूको एकता एकादेशको कथा : शंकर पोखरेल

‘साना दल अस्थिरताका कारण बने, ‘थ्रेसहोल्ड’ ३ प्रतिशतबाट बढाउँछौँ’

सांसद्‌ले राजीनामा मागेपछि अधिकारीको बचाउमा हवाई कम्पनी मालिक

माओवादीको निष्कर्ष- गठबन्धनले पार्टी बिग्रियो, आगामी निर्वाचन एक्लै लड्ने
नेकपा माओवादी केन्द्रले पार्टी पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

पेरिसडाडाँमा मंगलबार बसेको माओवादी पदाधिकारी बैठकले गाँउदेखि नै पार्टी पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।


माओवादी प्रवक्ता एवम् उपाध्यक्ष अग्नि सापकोटाले सरकारबाट बाहिरिएसँगै जनतामा जाने र पार्टी संगठनलाई बलियो बनाउने अवसर प्राप्त भएको बताए ।

त्यहीकारण अब पार्टी पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय भएको जानकारी सापकोटाले दिएका छन् ।

माओवादीको पदाधिकारी बैठक बस्दै, प्रचण्डले जवाफ दिने

सांसदको माग : दुर्घटना धेरै भयो थोत्रा बस चलाउन रोकौँ

सुरक्षित कारोबार विधेयक दफावार छलफलका लागि समितिमा

बागमतीका मुख्यमन्त्री लामालाई विश्वासको मत :पक्षमा ६४, विपक्षमा ३५

देउवाका प्रिय रोल्पाली कृष्णबहादुर, प्रदेशसभा छिर्न नसकेका यज्ञराजलाई अवसर

नेपालको विकासमा सघाउन चीन तयार छ : राजदूत सोङ

‘डिभोर्स’को विरोधमा विवादित बनेर भारत फर्किइन् देवी प्रतिभा

राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङको ‘ब्रेक थ्रु’
नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङको आज ‘ब्रेक थ्रु’ भएको छ ।

प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको राहुघाटको ६ हजार दुई सय ७० मिटर लामो सुरुङको ‘ब्रेक थ्रू’ भएको हो । रघुगङ्गा गाउँपालिका–४ दग्नामको फेदीमा रहेको बाँधदेखि वडा नं ३ तिल्केनीचौरसम्म जोड्ने सुरुङ जोडिएको आयोजनाका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिए । सो सुरुङ मार्ग खन्ने क्रममा चारवटा पहुँच मार्ग ९अडिट० खण्डीकृत गरी ‘ब्रेक थ्रु’ गरिएको आयोजनाले जनाएको छ ।

रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी र प्रबन्ध सञ्चालक केसीले बाँध र अघेरीखोलाको अडिट नं २ जोड्ने दुई हजार तीन सय ३२ मिटर लामो सुरुङमा संयुक्त रुपमा ‘स्विच’ थिचेर विस्फोट गराई ‘ब्रेक थ्रु’ गरेका हुन् ।

विद्युत् प्राधिकरणका देशभरका कार्यालयमा वृक्षारोपण

खोला बस्तीमा पस्दा गडेधारा टोलका ३० घर डुबानमा

पहिरोले कालीगण्डकी करिडोरको पर्वत खण्ड अवरुद्ध

गड्डाचौकीबाट ६ महिनामा चार सय बढी पर्यटक भित्रिए

लेखनाथ रंगशाला घाँसेमैदानमा परिणत

बाँकेमा सात हजार सात सय ४५ राष्ट्रिय परिचयपत्र वितरण

अन्तराष्ट्रिय…

भारतमा पहिरोमा पुरिएर २४ जनाको मृत्यु

भारतमा भारी वर्षाले निम्त्याएको पहिरोमा पुरिएर २४ जनाको मृत्यु हुनुका साथै सयौँभन्दा बढी पहिरोमा फसेका अधिकारीहरूले बताएका छन् ।

भारतको दक्षिणी तटीय राज्य केरलामा वर्षाका कारण वायनाड जिल्लास्थित घटनास्थलको प्रमुख पुल भत्किएकाले उद्धार कार्यमा बाधा पुगेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।


केरला राज्यकी स्वास्थ्यमन्त्री रीना जर्जले समाचार तयार पार्दा सम्म विभिन्न अस्पतालमा २४ वटा शव प्राप्त गरेको बताउँदै घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रेस ट्रस्ट अफ इन्डिया समाचार एजेन्सीलाई बताए । भारतीय सेनाले खोज तथा उद्धार कार्यका लागि यस क्षेत्रमा २०० भन्दा बढी सैनिकहरू तैनाथ गरेको जनाएको छ ।

बेलायतको साउथपोर्टमा भएको छुरा आक्रमणमा २ बालबालिकाको मृत्यु, ९ घाइते

भियतनामको कोइला खानीमा पहिरो खस्दा पाँच जनाको मृत्यु

भारतमा रेल दुर्घटना हुँदा दुई जनाको मृत्यु, २० घाइते

साइबर दुर्व्यवहार नियन्त्रणका लागि नयाँ नियम लागू गर्दै चीन

जापानको बेरोजगारी दरमा सुधार

डोनेत्स्क क्षेत्रको अर्को गाउँ नियन्त्रणमा लिएको रूसको दाबी

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ८ : ०० बजे

महिला टी-२० विश्वकप : इङल्याण्डको लगातार तेस्रो जित

काठमाडौं – आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत इङल्याण्डले स्कटल्याण्डलाई पराजित

चीनमा ग्यास चुहावट हुँदा सात जनाको मृत्यु, चार घाइते

जिनान – पूर्वी चीनको शानडोङ प्रान्तको एक बायोटेक कम्पनीमा शनिबार

डडेल्धुरामा १४ वर्षीया किशोरीको हत्या आरोपमा ५८ वर्षीय भण्डारी पक्राउ

डडेल्धुरा । डडेल्धुराको पोखरामा १४ वर्षीया किशोरीको हत्या आरोपमा ५८

हवाई आक्रमणमा परी कम्तीमा २३ जना सुडानी नागरिको मृत्यु, ४० घाइते

खार्तूम – दक्षिणी खार्तूमको मुख्य बजारमा भएको हवाई आक्रमणमा परी

तनहुँ कारागारमा कैदीबन्दीको उपचारमा समस्या

तनहुँ । तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन हुँदा कैदीबन्दीको उपचारमा समस्या भएको