सुनसरीका दुई सय चार उद्योग खारेजी « Khabarhub

सुनसरीका दुई सय चार उद्योग खारेजी


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

धरान– सुनसरीमा २०८०-८१ मा आर्थिक मन्दीका कारण बन्द भएका तथा नियमानुसार सञ्चालनमा आउन नसकेका साना तथा मझौला गरी दुई सय चार उद्योग खारेजीमा परेका छन् । 

घरेलु तथा साना उद्योग कार्यालय सुनसरीका प्रमुख हरि लामिछानेका अनुसार साना तथा मझौला गरी जिल्लामा करिब १८ हजार उद्योग तथा व्यवसाय सञ्चालनमा छन् । 

उनले भने, ‘आर्थिक मन्दीको असर भन्दै केही उद्योग बन्द भएको र केही खारेजी गरिएको भए पनि नयाँ उद्योग खुल्ने क्रम चलिरहेको छ ।’ उनका अनुसार गत आवमा सुनसरीमा पाँच सय ६६ नयाँ उद्योग थपिएका छन् । नयाँ उद्योग थपिँदा कार्यालयले रु १८ लाख ८६ हजार राजस्व संकलन गरेको छ । 

कार्यालयले उद्योगतर्फ एक करोड एक लाख ७४ हजार दुई सय ६०, वाणिज्यतर्फ एक करोड १२ लाख ५७ हजार पाँच सय ४० र बिक्री आयबाट रु ७० हजार गरी कूल दुई करोड १५ लाख एक हजार आठ सय राजस्व संकलन गरेको प्रमुख लामिछानेले जानकारी दिए ।  

गत आवमा सनुसरीका एक सय २४ साना तथा मझौला उद्योगले पूँजी वृद्धि गरेका छन् । ती उद्योग तथा व्यवसायले रु ४४ करोड ५३ लाख १३ हजार पूँजी वृद्धि गरेका हुन् । गत आवमा घरेलु कार्यालय सुनसरीले रु दुई करोड १५ लाख एक हजार आठ सय राजस्व संकलन गरेको कार्यालयले जनाएको छ । 

सुनसरीमा सञ्चालित धेरै उद्योग तथा व्यवसाय सञ्चालनमा भए पनि नवीकरण गर्नेको सङ्ख्या कम देखिएको छ । गत आव २०८०-८१ मा एक हजार तीन सय ५२ उद्योगले मात्रै नवीकरण गरेका छन् । उद्योग दर्ता तथा नवीकरणबापत कार्यालयले ६७ लाख आठ हजार राजस्व संकलन गरेको छ । 

गत आवमा २४ उद्योगले ठाउँसारी र ६५ उद्योगले नामसारी गरेका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ७ : ३४ बजे

पोर्चुगलमा मनाइयो बुद्धजयन्ती

पोर्चुगल – विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७० औँ

दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्राथमिकता होः सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षित,

म्याग्दी कोरिडोर प्रसारण लाइन निर्माण सुरु, १६५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिने

म्याग्दी – धवलागिरि र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा

सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थायी सेल्टरमा रहेका सुकुम्वासीहरूका

म्याग्दीका भीरमा जोखिमपूर्ण मह सिकार सुरु: पहिलो दिनमै ७० लिटर सङ्कलन

म्याग्दी – म्याग्दीका लेकाली क्षेत्रमा व्यावसायिक रूपमा भिरमह सिकार सुरु