मालिकाका चार वडामा पुग्यो बिजुली, स्थानीयबासी खुसी « Khabarhub

मालिकाका चार वडामा पुग्यो बिजुली, स्थानीयबासी खुसी


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाका चार वटा वडाका साढे पाँच सय घरधुरीमा केन्द्रीय लाइनको विद्युतीकरण भएको छ । 

मालिकाको वडा नम्बर १, छिस, रिठेचौर, २ को रुम, बेली, जेम, घाङ्लेपानी, वडा नम्बर ३ को लुप्सीपार, खतेन र ४ नम्बर वडाको ओखरबोटमा केन्द्रीय लाइनको विद्युत् सुविधा पुगेको हो । 

नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रका सूचना अधिकारी प्रकाश झाले मालिका–२ रुम, बेली, जेम, घ्याङ्लेपानीमा २५६, मालिका–३ खतेनमा ५०, लुप्सीपारमा ५४, मालिका–४ ओखरबोटमा १०२ घरमा बिजुली बलेको जानकारी दिए। 

‘मालिका–१ छिस र रिठेचौरका ११७ घरधुरी मध्ये ३५ वटा बाहेकका घरमा पनि मिटर जडान गरेर बिजुली बालिएको छ’, उनले भने, ‘नेपाल विद्युत् प्राधिकरणको पूर्ण विद्युतीकरण कार्यक्रमअन्तर्गत पहिलो चरणमा मालिकाका चार  वटा वडामा बिजुली बालिएको हो ।’ 

घ्याङ्लेपानी बाहेकका बस्तीका बासिन्दाले यसअघि उज्यालोका लागि लघु जलविद्युत् परियोजनाको विद्युत् प्रयोग गरेका थिए । विद्युत्को कुनै स्रोत नभएको घ्याङ्लेपानीका बासिन्दाहरुले सोलार र टुकी प्रयोग गर्दथे । 

वर्षौको प्रयासपछि बिजुली बलेपछि स्थानीयवासीमा खुसियाली छाएको मालिका–२ रुमका वडाध्यक्ष उदयबहादुर बुढाथोकीले बताए। उनका अनुसार रुममा पोल गाडेको र तार तानेको चार वर्षपछि बिजुली बलेको हो ।  

केन्द्रीय लाइनको विद्युत् सुविधा भएपछि स्थानीयवासीलाई घरायसी कामकाज गर्न, विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन र सार्वजनिक सेवा प्रवाहमा सहज भएको वडाध्यक्ष बुढाथोकीले बताए । उनका अनुसार रुम ठूलोगाउँ, बिलबाङ, पन्थोक, गाल्दा टोलका तीन सय र औँला, स्याउलुङ, टिकरवाङ, डाडागाउँका ११५ घरधुरीमा भने एक वर्षअघि विद्युत् विस्तार भएको थियो ।

म्याग्दीका १४ स्थानका दुई हजार एक सय ८३ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सुविधा विस्तारका लागि ४७ दशमलव ६ किलोमिटर मुख्य, एक सय २६ किलोमिटर शाखा लाइन विस्तार र २० वटा ट्रान्सफर्मर जडान गर्न गत असोज तेस्रो हप्ता रवीन्द्ररढुङ्गाना जेभीसँग तीन करोड ५४ लाखमा ठेक्का सम्झौता भएको थियो ।

सोही ठेक्कामार्फत मुख्य, शाखा लाइन विस्तार गर्न पोल गाड्ने, तार तान्ने, ढुवानी गर्ने, ट्रान्सफर्मर ढुवानी र जडान गरिएको हो । मिटरबक्स जडान र वायरिङको काम उपभोक्ता आफैँले गरेका हुन् । 

आर्थिक वर्ष २०८०-८१ मा म्याग्दीका ११ ठाउँमा एक हजार चार सय ३८ उपभोक्ता थपिएका नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताए। यस वर्ष थपिएका सहित म्याग्दी वितरण केन्द्रअन्तर्गत २२ हजार आठ सय २१ विद्युत्का ग्राहक पुगेका छन् । 

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ७ : ४६ बजे

नेतन्याहूको भाषण बहिष्कार गर्दै विभिन्न देशका प्रतिनिधि बाहिरिएपछि…

न्युयोर्क- संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले सम्बोधन सुरु गर्नुअघि

एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य

काठमाडौं– एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकाश केन्द्रबीच

कञ्चनपुरमा तीनवटै सुरक्षा निकायलाई उच्च सतर्क रहन निर्देशन

महेन्द्रनगर- भारी वर्षाको पूर्वानुमानपछि कञ्चनपुरमा तीनवटै सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा

अविरल वर्षाले चोभार गल्छीमा पानीको बहाव बढ्यो

काठमाडौं– काठमाडौं उपत्यकामा अविरल वर्षा भएपछि बागमती, विष्णुमतीलगायत विभिन्न खोला

वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

चितवन– बिहीबारदेखि परेको अविरल वर्षाका कारण जिल्लाका सातै पालिकाले आज