करदाता सेवा कार्यालय खोटाङले उठायो २२ करोड ३१ लाख राजस्व « Khabarhub

करदाता सेवा कार्यालय खोटाङले उठायो २२ करोड ३१ लाख राजस्व


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

खोटाङ– करदाता सेवा कार्यालय खोटाङले आर्थिक वर्ष २०८०-८१ मा रु २२ लाख ५० करोडभन्दा बढी राजस्व संकलन गरेको छ ।

आयकर, मूल्य अभिवृद्धि कर, अन्तशुल्क कर र अन्य सेवाबापत २२ करोड ६१ लाख ९८ हजार राजस्व संकलन गरिएको निमित्त कार्यालय प्रमुख नेत्रप्रसाद बाँस्तोलाले जानकारी दिए।  कार्यालयले गत आवमा समग्रमा ९७ दशमलव ४४ प्रतिशत लक्ष्य पूरा गरेको छ । 

‘कार्यालयले अघिल्लो आव २०७९-८० मा २१ करोड ३८ लाख २७ हजार राजस्व संकलन गरेको थियो । गत वर्ष २२ करोड ६१ लाख ९८ हजार राजस्व संकलन भएको छ’, निमित्त कार्यालय प्रमुख बाँस्तोलाले भने, ‘यो ९७ दशमलव ४४ प्रतिशत लक्ष्य हो । आगामी दिनमा शतप्रतिशत लक्ष्य पूरा गर्नेगरी काम गछौँ ।’

विसं २०७५ मा स्थापना भएको यस कार्यालयले जिल्लाका विभिन्न ठाउँमा कर शिक्षा तथा कर शिविर सञ्चालन, बजार अनुगमन, जिल्लास्थित लेखासम्बन्धी काम गर्ने कर्मचारीसँग कर शिक्षासम्बन्धी अन्तरक्रियालगायत क्रियाकलाप गर्दै आएको छ । 

आन्तरिक राजस्व कार्यालय लहानको सम्पर्क कार्यालयको रूपमा स्थापित यस कार्यालयले प्रशासन, घरेलु तथा स्थानीय तहमा दर्ता भएका तर करमा दर्ता नभएका सङ्घरसंस्था, व्यापार/व्यवसाय लगायतको विवरण संकलन गरेर करको दायरामा ल्याएको जनाइएको छ ।

गत आवमा एक सय १५ वटा पसल अनुगमन गर्दा मापदण्ड विपरीत सञ्चालनमा रहेकाहरूलाई कारबाही गरी दुई लाख ४२ हजार राजस्व संकलन गरेको थियो । 

सेवा कार्यालय स्थापना हुनुअघि यहाँका नागरिकले कर चुक्ताका लागि मधेस प्रदेश, सिराहाको लहान पुग्नुपर्ने समस्या थियो । यहाँबाट स्थायी लेखा नम्बर दर्ता, कर चुक्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर, अन्तशुल्क इजाजत तथा नवीकरण, कर संकलन, करदाताको विवरण संशोधनलगायत सेवा प्रवाह हुने गरेको छ ।  

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ७ : ५० बजे

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

कञ्चनपुर– महाकाली  र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको

आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– देशका विभिन्न स्थानमा आज पनि मेघगर्जन, चट्याङ र असिनासहित वर्षा

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज