सीप विकासका कार्यक्रम पाठ्यक्रममा समावेश गर्नुपर्छ : माधव नेपाल « Khabarhub

सीप विकासका कार्यक्रम पाठ्यक्रममा समावेश गर्नुपर्छ : माधव नेपाल


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले व्यावसायिक सीप विकासका कार्यक्रम शैक्षिक पाठ्यक्रममा समावेश गर्नुपर्ने बताएका छन् ।

अनेरास्ववियु जिल्ला कमिटी काठमाडौंले आज आयोजना गरेको विद्यार्थी सम्मान कार्यक्रममा उहाँले दक्ष जनशक्ति उत्पादन गर्ने पाठ्यक्रमले विद्यार्थीलाई स्वरोजगार अभिवृद्धि गर्ने र उनीहरूको आम्दानी वृद्धि गर्ने विश्वास व्यक्त गरे ।

व्यावसायिक सीपका माध्यमबाट उनीहरूले जस्तोसुकै चुनौतीको सामना गर्नसक्ने बताउँदै अध्यक्ष नेपालले पास भएका विद्यार्थीमा सङ्कटसँग जुध्नसक्ने क्षमता एवं सामाजिक र देशभक्तिको भावना विकास भएको हुनुपर्ने विचार व्यक्त गरे ।

स्वदेशी शैक्षिक संस्थाले अन्तर्राष्ट्रिय तहका पाठ्यक्रमसँग समन्वयगरी शिक्षा क्षेत्रलाई प्रतिस्पर्धात्मक बनाउनुपर्ने जरुरी रहेको उनको भनाइ थियो । विद्यार्थीलाई खोज अनुसन्धानमा केन्द्रित गर्न सरकारले लगानी वृद्धि गर्नुपर्ने बताउँदै अध्यक्ष नेपालले भने, “विद्यार्थीले कडा परिश्रम गर्नुपर्दछ, परिवार सङ्कटमा छ भने त्यो सङ्कटको साथी बन्नुपर्छ । संसारको कुनै कुनामा पुगे पनि म त नेपाली हुँ भन्ने भावना राख्नुपर्छ । देशभक्तिपूर्ण सोच निर्माण गर्नुपर्छ ।”

अध्यक्ष नेपालले पछिल्लो समयमा सूचना प्रविधिमा भएको विकासले ज्ञानको दायरा फराकिलो बनाएको, पठन शैलीलाई सहज बनाएको र विषयवस्तुको विश्लेषण तथा आलोचनात्मक समीक्षा गर्न विद्यार्थीलाई सहयोग पु¥याएको बताए । उनले जीवनमा जति सफलता प्राप्त गरे पनि विद्यार्थीले अभिभावक, गुरुवर्गलगायत मान्नुपर्ने मान्छेलाई सम्मान र आफूभन्दा सानालाई माया गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ८ : २४ बजे

राष्ट्रपतिसँग जदूत छन सङको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले

रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओलीलाई बाँकी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

बुहारीमाथि आगो लगाइ हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ

कमलामाई– पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु

सीमा वार्ता मलेसियामा सार्न कम्बोडियाको आग्रह

एजेन्सी- कम्बोडियाले थाइल्यान्डसँगको सीमा विवादसम्बन्धी वार्ता तटस्थ स्थान मलेसियाको क्वालालम्पुरमा

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार