मनोहरा र हनुमन्ते दोभान क्षेत्र डुबानमा : विद्यालय र ग्यारेजमा क्षति | Khabarhub Khabarhub

मनोहरा र हनुमन्ते दोभान क्षेत्र डुबानमा : विद्यालय र ग्यारेजमा क्षति


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रातभरको भारी वर्षाले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाको सीमा छुट्याउने मनोहरा र हनुमन्ते खोलाको दोभान क्षेत्र डुबान भएको छ। बाढीले नदी किनार क्षेत्रका घर, विद्यालय र ग्यारेजमा क्षति पुर्याएको हो।

हनुमन्तेको करिडोर सडक ठप्प भएको छ। बाढीले काठमाडौं महानगरपालिकाको ३४ नम्बर वडा नरेफाँट, भक्तपुर र ललितपुरको महालक्ष्मी नगरपालिकाका ५ को टीकाथली क्षेत्रसमेत डुबान भएको हो। डुबानले लालीगुराँस बाटिका विद्यालयसमेत डुबानमा परेको छ। नरेफाँटमा रहेको विद्यालय मध्यरातमा पुरै डुबानमा परेको हो। विद्यालयको पहिलो तला पुरै जलमग्न भएको छ।

एउटा ग्यारेजमा रहेका स्थानीयले मध्यरातमा बाढी पसेपछि सुतेको ठाउँ छोडेर ज्यान बचाँएको बताएका छन्।

जल तथा मौसम विज्ञान विभागले मोबाइलमा सन्देश पठाउँदै नदी किनारका बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ। विभागका अनुसार मनोहरा, हनुमन्तेसँगै गोदावरी खोलाको जलमापन केन्द्र जलसतह खतरा तह पार गरेको छ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ७ : ४७ बजे

ब्राजिलमा आँधीका कारण पाँच जनाको मृत्यु, १३० घाइते

ब्रासिलिया – दक्षिणी ब्राजिलकका विभिन्न भागहरूमा शुक्रबार आएको आँधीका कारण

लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने पाँच जना नियन्त्रणमा

काठमाडौं – ट्राफिक प्रहरीले लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने

प्रधानमन्त्री कप बैतडी छनोटः जनसेवाको उत्कृष्ट सुरुआत

बैतडी – प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनोट

वर्षाले देशभर कृषि र पशुपन्छी क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोजमा भएको