काठमाडौंमा जिल्ला अध्यक्षहरूको भेला गर्दै राप्रपा « Khabarhub

काठमाडौंमा जिल्ला अध्यक्षहरूको भेला गर्दै राप्रपा


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जिल्ला अध्यक्षहरूको भेला काठमाडौँमा हुने भएको छ ।

राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले यही साउन १७ गते धुम्बाराहीस्थित एसआर बैंक्वेटमा दुई दिने भेलाको उद्घाटन गर्ने पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार भेलामा ७७ वटै जिल्ला अध्यक्षहरूले साङ्गठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ ।

भेलामा पार्टीको समग्र साङ्गठनिक अवस्थाको गम्भीर समीक्षा गरिने, विगतका निर्वाचनका कमी कमजोरीको समीक्षा गर्दै आगामी रणनीति तय गरिने, पार्टीले लिएका नीति र यसले पार्टी पंक्ति तथा जनसमुदायमा पारेको प्रभावको विश्लेषण गरिने भएको छ ।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकले आगामी वैशाख मसान्तसम्म स्थानीय तहको अधिवेशन गरिसक्ने लक्ष्य लिएको अवस्थामा सबै तहको अधिवेशन गर्ने साथै २०८४ मा हुने तीन तहकै निर्वाचनको रणनीति तय गर्ने विषयमा छलफल हुने सचिवालय प्रमुख महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिए ।

उक्त भेलामा पार्टी अध्यक्ष लिङ्देनले पार्टीको नीति, विचार, सिद्धान्तलगायत रणनीति र आगामी कार्य योजनाबारे जिल्ला अध्यक्षहरूलाई निर्देशन गर्नेछन् ।

पार्टीका पूर्वअध्यक्ष पशुपति शमशेर जबरा, निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र नेताहरूले पार्टी सङ्गठनका विविध पक्षमा जिल्ला अध्यक्षसँग सामूहिक छलफल गर्ने कार्यक्रम राखिएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ३ : ३९ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा