संघीय संसद् बिजनेसविहीन, सभामुख घिमिरेले मागे समितिहरूसँग सहयोग « Khabarhub

संघीय संसद् बिजनेसविहीन, सभामुख घिमिरेले मागे समितिहरूसँग सहयोग


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् प्रभावकारी बनाउन संसदीय समितिको सक्रियतामा निर्भर रहने बताएका छन् ।

सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा बुधबार विधेयक विचाराधीन रहेका संसदीय समितिका सभापतिहरूसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

‘संसद प्रभावकारी बनाउन संसदीय समिति सक्रियतामा निर्भर रहन्छ । संसदीय समितिको सक्रियता सभापतिको भूमिकामा निर्भर छ,’ सभामुख घिमिरेले भने, ‘अहिले संसद्‍मा विधेयक छैन । त्यो भनेको खास बिजनेस छैन ।’

बिजनेस नभएपछि संसद् चलाउन नसकिने भन्दै घिमिरेले बिजनेस दिने वातावरण तयार गर्न समितिका सभापतिहरूसँग आग्रह गरे । समिति सञ्चालनका लागि आवाश्यक पूर्वाधार, व्यवस्थापकीय सहयोग गर्न संसद सचिवालय तयार रहेको घिमिरेको भनाइ थियो ।

‘समितिमा विचाराधीन विधेयकहरू टुंगोमा लगाउन विशेष तदारुकता देखाउनुहोस्,’ छलफलमा सहभागी समितिका सभापतिहरुलाई सभामुख घिमिरेले भने ।

छलफलमा सहभागी सभापतिहरूमध्येका एक रामहरि खतिवडाले तीन दिन संसद, तीन दिन समितिको बैठक सञ्चालन गर्ने पूर्वनिर्णय प्रभावकारी हुन नसकेको बताए । उनले संसद सकिनेवित्तिकै सांसदहरू गृहजिल्ला जाने हुँदा समितिको बैठक बस्न नसकेको पनि सुनाए ।

‘अब एक दिन संसद्, एक दिन समिति चलाउने व्यवस्था मिलाउनुपर्‍यो,’ सभापति खतिवडाले सभामुख घिमिरेसँग आग्र गर्दै भने, ‘समितिमा धेरै विधेयक छन् । तर, जटिल प्रकृतिका। कतिपय विधेयकमा राजनीतिक समिति चाहिएको छ । सभामुखबाट सहजीकरण हुने अपेक्षा गर्दछु ।’

अर्का सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक टुंगोमा लाग्ने तयारी रहेको जानकारी दिए । ‘एक दुई विषयमा राजनीतिक सहमति भए टुंगिन्छ,’ उनले भनिन् ।

अर्का सभापति अमरबहादुर थापाले शिक्षा विधेयकमा धेरै संशोधन रहेका बताए । ‘टुंगोमा पुर्‍याउन जनशक्तिको अभाव छ,’ उनले भने, ‘संशोधनकर्ता माननीयसँगको छलफल नै जटिल छ ।’

बैठकमा सभापतिहरु रामहरि खतिवडा, विमला सुवेदी, अम्मरबहादुर थापा, अब्दुल खान, किरणकुमार साह, दिपकबहादुर सिंह सहभागी रहेका सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ६ : ०७ बजे

पन्ध्र दिने मूर्तिकला कार्यशाला सम्पन्न

मुस्ताङ– घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी नदीको किनारमा यही वैशाख ७ गतेदेखि

यातायात व्यवसायी महासंघद्वारा सातौँ महाधिवेशनका लागि प्रचार–प्रसार आचारसंहिता जारी

काठमाडौं– नेपाल यातायात व्यवसायी महासंघले आगामी सातौँ राष्ट्रिय महाधिवेशनलाई लक्षित

प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव

जनकपुर– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सरकारले आफ्नो गतिमा काम

रवि पत्नी निकिताले हारिन् ९ सञ्चारमाध्यविरूद्ध दायर करोडौँ बिगो दाबीसहितको मुद्दा

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पत्नी निकिता

शेखर गोल्छाको पक्षमा सर्वोच्च अदालतको परमादेश

काठमाडौं- सर्वोच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाको