हुलाकी राजमार्ग निर्माणका लागि भारतद्वारा १ अर्ब २९ करोड बढीको सहयोग « Khabarhub

हुलाकी राजमार्ग निर्माणका लागि भारतद्वारा १ अर्ब २९ करोड बढीको सहयोग


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल भारत संयुक्त आयोगको पाँचौ बैठकमा भारतले हुलाकी राजमार्ग निर्माणका लागि भारतीय रुपैयाँ ८० करोड बढीको चेक हस्तान्तरण गरेको छ ।

बुधबार काठमाडौंको होटल याक एण्ड यतीमा शुरु भएको बैठकमा भारतले हुलाकी राजमार्ग निर्माणका लागि  ८० करोड ७० लाख ७७ हजार ३ सय ७७ भारतीय रुपैयाँ (१ अर्ब २९ करोड १३ लाख २३ हजार ८०० नेपाली रुपैयाँ) बराबरको चेक हस्तान्तरण गरेको हो ।

बैठकका क्रममा भारतीय राजदूत मञ्जिव सिंह पुरीले सो रकम बराबरको चेक हस्तन्तरण गरेका हुन् ।

विहीबारसम्म चल्ने संयुक्त आयोगको बैठकमा राजनीतिक र सीमा सुरक्षा, सञ्चार सञ्जाल र आर्थिक समृद्धि, व्यापार र पारवहन, ऊर्जा र जलस्रोत लगायतका महत्वपूर्ण विषयमा छलफल हुनेछ ।

आयोग गठन भएको ३२ वर्षपछि पाँचौँ बैठकलाई स्वदेशी विदेशी कूटनीतिक क्षेत्रले विशेष महत्त्वका साथ लिएका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय विदेशमन्त्री जयशङ्करले संयुक्त अध्यक्षता गर्दै बैठक शुरु भएको हो । यसअघि चौथो बैठक सन् २०१६ मा नयाँदिल्लीमा बसेको थियो ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ६ : ५१ बजे

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौं– लामखुट्टेको टोकाइबाट सर्ने जापनिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा मृत्यु

चुनदेवीबाट गगनविरुद्ध सक्रियता बढाउँदै देउवा (तस्बिरहरू)

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशन तयारी अघि

जेन-जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर– गत वर्षको जेन-जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान

टेस्लाले सेप्टेम्बर ३ मा ‘साइबरक्याब’ रोबोट्याक्सी सार्वजनिक गर्ने

वाशिङ्टन- अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सेप्टेम्बर ३ मा टेक्सासको

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र