च्यासलको कार्यालयमा बाढी पसेपछि होटल बसेरामा एमालेको बैठक « Khabarhub

च्यासलको कार्यालयमा बाढी पसेपछि होटल बसेरामा एमालेको बैठक


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)को सचिवालय बैठक बिहीबार मध्यान्ह काठमाडौंको हनुमानथानस्थित बसेर होटलमा सुरु भएको छ ।

प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निजी सचिवालयका अनुसार बैठक सिंहदरबार अगाडि अवस्थित बसेर होटलमा केही बेरअघि सुरु भएको हो ।

च्यासलमा रहेको पार्टी कार्यालको भुइँ तलामा मंगलबार राति मनोहरा खोलामा आएको बाढी पसेपछि बैठक होटलमा राखिएको हो ।

सचिवालय बैठकमा समयसामयिक राजनीतिक विषय, पार्टीको आन्तरिक रणनीति र नेताहरूको कार्यविभाजनको विषयमा छलफल हुँदैछ ।

यसअघि एमाले अध्यक्षसमेत रहेका ओलीले स्वास्थ्यले साथ दिएसम्म पार्टी बैठक सरकारी निवास बालुवाटारमा नराख्ने बताएका थिए। सामाजिक सञ्जालमार्फत् उनले यस्तो जानकारी गराएका थिए ।

‘सामाजिक सञ्जालमार्फत तपाईंहरूले दिनुभएको सुझावअनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु’, उनले भनेका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  १२ : ५५ बजे

छोटी भन्सार पुनःसञ्चालनको माग

कैलाली– कैलालीको पृथ्वीपुर छोटी भन्सार कार्यालय पुनःसञ्चालन तथा स्तरोन्नतिको माग

कपिलवस्तुमा बिग्रिएर राखिएको मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

तौलिहवा – तौलिहवा–भैरहवा सडकखण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका–७ धरमपनियामा मिनी ट्रकसँग

अण्डाको समर्थन मूल्य बढ्यो

चितवन– अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् ।

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १५औँ महाधिवेशनलगायत विषयमा छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियान

स्याङ्जा- स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियानअन्तर्गत यस वर्ष