फोहोरमुक्त गरेर उपत्यकालाई बस्नलायक बनाउछौँ : उपप्रधानमन्त्री सिंह « Khabarhub

फोहोरमुक्त गरेर उपत्यकालाई बस्नलायक बनाउछौँ : उपप्रधानमन्त्री सिंह


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले फोहरमैला व्यवस्थापनमा देखिने समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्ने बताएका छन् ।

बिहीबार सिंहदरबारमा काठमाडौं उपत्यका मेयर्स फोरमसँगको भेटमा उपप्रधानमन्त्री सिंहले फोहरमैला व्यवस्थापन पटक पटक समस्या आउँदा संक्रमण फैलिने त्रास भएकाले दीर्घकालीन समाधान गर्ने बताएका हुन् ।

उनले बागमती नदी प्रणााली, स्मार्ट सिटी, फोहोरमैला व्यवस्थापनलगाय क्षेत्रमा छिट्टै नतिजा देखिने गरि मन्त्रालयले काम गरिरहेको बताए ।

भेटका क्रममा स्मार्ट सिटी, सडक बत्तीको महसुल र बागमती सभ्यता लगायत विषयमा फोरमको टोलीले मन्त्री सिंहको ध्यानाकर्षण गराएको छ ।

उपप्रधानमन्त्री सिंहले उपत्यकालाई बस्नलायक बनाउन मन्त्रालयले स्थानीय सरकारसँग सहकार्य गरेर काम अघि बढाउने बताए ।

भेटमा मेयर्स फोरमले वर्षौँदेखि स्मार्ट सिटीका लागि जग्गा रोक्का राखिँदा नागरिकलाई समस्या परेको भन्दै फुकुवा गर्न माग गरेको छ । त्यस क्रममा उपप्रधानमन्त्री सिंहले यो समस्या छिट्टै समाधान हुने बताए ।

त्यस्तै, मेयर्स फोरमले सडक बत्तीको बिल विद्यु्त् प्राधिकरणले नागरपालिकाका नाममा पठाएको भन्दै सडक केन्द्र र प्रदेश सरकारकै दायित्वभित्र पर्ने बताएको छ ।

त्यसक्रममा उपप्रधानमन्त्री सिंहले सडक बत्तीको बिलको समस्या समाधानका लागि मन्त्रालयले पहल गर्ने प्रतिबद्धता जनाए । काठमाडौं उपत्यका मेयर्स फोरममा ३ गाउँपालिकासहित १८ वटा स्थानीय तह छन् ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  २ : ३७ बजे

विश्व शान्ति कार्यक्रम’ लुम्बिनीमा आजबाट सुरु

लुम्बिनी– लुम्बिनीको अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फरेन्स हलमा तीन दिने ‘विश्व शान्ति

११औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

म्याग्दी– जिल्ला सदरमुकाम बेनीमा ११औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद

खानेपानी संस्थान धनगढीको बक्यौता दुई करोड ३१ लाख

कैलाली– लामो समयदेखि धनगढीमा खानेपानी वितरण गर्दै आएको नेपाल खानेपानी

वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद

विराटनगर– मोरङ प्रहरीले रङ्गेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थामा ठूलो परिमाणमा

जसपा नेपालले केन्द्रीय नेतालाई निर्वाचन केन्द्रित गर्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय सदस्यलाई निर्वाचन