प्राथमिक तहदेखिनै खेलकुदलाई प्राथमिकता दिनुपर्छ : मन्त्री चौधरी  | Khabarhub Khabarhub

प्राथमिक तहदेखिनै खेलकुदलाई प्राथमिकता दिनुपर्छ : मन्त्री चौधरी 


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


822
Shares
  • change font
  • change font
  • change font

काठमाडौं युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले भलिबल खेललाई विद्यालयको प्राथमिक तहदेखि नै सरकारले प्राथमिकता राख्‍ने बताएका छन् । 

बिहीबारदेखि काठमाडौंमा सुरु भएको काभा नेशनल वुमन्स लिगको सम्बोधन गर्दै भलिबल खेललाई प्राथमिक तहदेखि नै प्राथमिकता दिने बताएका हुन् । 

खेलकुद मन्त्रीले भने,  ‘अब देशभरका विद्यालयको प्राथमिक तहदेखि नै खेलकुदलाई प्राथमिकता दिनुपर्छ भन्ने मेरो बुझाइ छ।’ उनले यसका लागि आफू स्वास्थ्य र शिक्षा मन्त्रालयसँग पहल गरिरहेको समेत बताए । 

यस्तै उनले भलिबल खेलका लागि संरचना, भौतिक पूर्वाधार स्थानीय, प्रदेश र संघमा सुविधा सम्पन्न बनाउन पहल गर्ने बताए । 

‘मैले सुनेको छु, देशभरको भलिबल खेलका लागि संरचना, भौतिक पूर्वाधार स्थानीय, प्रदेश र संघमा सुविधा सम्पन्न छैन ।तर यी सबै क्षेत्रमा खेलका लागि भौतिक संरचना हुनुपर्छ। म यसका लागि पहल गरिरहेको छु ‘ उनले भने । 

भलिबल संघलाई यसमा सहकार्य र समन्वय गर्न पनि मन्त्री चौधरीले आग्रह गरे ।

 उनले भने, ‘भलिबल राष्ट्रिय खेल भएकाले संघ, प्रदेश र स्थानीय तहमा भलिबल कोर्ट बनाउने, खेलाडी उत्पादन गर्नेबारे भलिबल संघका पदाधिकारीहरूसँग समन्वय गरिरहेको  छु।’

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  ४ : ४० बजे

हङकङ सिक्सेस खेल्ने नेपाली टिमको बिदाइ

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले हङकङ सुपर सिक्सेस खेल्ने

समयमै रासायनिक मल नल्याउँदा किसान समस्यामा

कञ्चनपुर– सरकारले सहकारीमार्फत सहुलियत दरमा उपलब्ध गराउँदै आएको रासायनिक मल

गुरु नानक जयन्ती मनाइँदै

काठमाडौं– सिख धर्मका प्रवर्तक गुरु नानकको जन्मजयन्ती नेपालसहित विश्वका विभिन्न

रुसको पुनर्निर्माणका लागि उत्तर कोरियाले पठायो पाँच हजार सैनिक

सियोल – उत्तर कोरियाले ‘पूर्वाधार पुनर्निर्माण’ मा सहयोग गर्न रुसमा

माओवादीसहित ९ पार्टीबीच आज एकता घोषणा हुँदै

काठमाडौं- नेकपा माओवादी केन्द्रसहित ९ वटा पार्टीहरुबीच आज एकता घोषणा