इजरायलको दाबी- हवाई हमलामा हमासका सैन्य प्रमुख मोहम्मद दिएफ मारिए « Khabarhub

इजरायलको दाबी- हवाई हमलामा हमासका सैन्य प्रमुख मोहम्मद दिएफ मारिए


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.5k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- गाजाक्षेत्रमा भएको एक हवाई हमलामा विद्रोही समूहका सैन्य कमान्डर मोहम्मद दिएफ मारिएको दाबी इजरायलले गरेको छ ।

इजरायली सेनाले बताएका अनुसार हमासका सैन्य प्रमुख मोहम्मद दिएफ १३ जुलाईमा गाजामा भएको एक एयर स्ट्राइकका क्रममा मारिएका हुन् ।

स्ट्राइकका क्रममा दिएफलाई खान युनुसको एक कम्पाउन्डमा इजरायली सेनाले निशाना बनाएको थियो ।

इजरायली सेनाले त्यसबेलै हवाई हमलामा एक अर्का हमास कमान्डर राफा सलेमेह पनि मारिएको जनाएको थियो । तर इजरायली सेनाले मोहम्मद दिएफको मृत्यु भएको पुष्टि गरेको थिएन ।

यसअघि बुधबार मात्रै हमासले आफ्ना शीर्ष राजनीतिक कमान्डर इस्माइल हनियाको इरानको राजधानी तेहरानस्थित निवासमा भएको हवाई हमलामा मारिएको जनाएको थियो ।

बुधबार जारी एक विज्ञप्तिमा हमासले तेहरानस्थित निवासमा भएको हवाई हमलामा हनिया र उनका सुरक्षागार्डको हत्या भएको जनाएको थियो ।

हनिया लामो समयदेखि कतारमा बस्दै आएका थिए । उनी केही वर्षदेखि गाजामा गएका थिएनन् । तर कतारबाट इरान पुगेका बेला उनी मारिए ।

इराले हनियाको हत्या अमेरिकाले गरेको दाबी गरिरहेको छ । हमासले हनिया इरानी राष्ट्रपति मसुद पेजेश्कियानको शपथ ग्रहण समारोहमा भाग लिन तेहरान पुगेको जनाएको छ । उक्त समारोह मंगलबार भएको थियो। उक्त समारोहमा भाग लिएकै भोलिपल्ट हनिया मारिँदा हमासलाई ठूलो धक्का लागेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  ६ : ४६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना