लुम्बिनीका मन्त्रीले १० दिनपछि पाए मन्त्रालय « Khabarhub

लुम्बिनीका मन्त्रीले १० दिनपछि पाए मन्त्रालय


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

बुटवल– लुम्बिनी प्रदेशमा मन्त्रीहरूको जिम्मेवारी तोकिएको छ ।

मन्त्री बनेका आठ सांसदहरूले मन्त्री बनेको १० दिनपछि जिम्मेवारी पाएका हुन् । मुख्यमन्त्री चेतनारायण आचार्यसहित एमालेबाट ५ र कांग्रेसबाट ४ मन्त्रीले यही साउन ९ गते शपथ लिएका थिए ।

सरकारले प्रदेश प्रमुख हटाएर नयाँ नियुक्तको सिफारिस गरेपछि मन्त्रीको जिम्मेवारी तोक्ने विषय ढिलाइ भएको थियो ।

शुक्रबार लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्ती मगरले पदभार ग्रहण गरेसँगै मन्त्री परिषद्ले मन्त्रीहरूको कार्य विभाजन भएको हो ।

कार्य विभाजनमा बादशाह कुर्मीलाई वन तथा वातावरण मन्त्रालय, भूमिश्वर ढकाललाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, दिनेश पन्थीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी, धनेन्द्र कार्कीलाई आर्थिक मामिला तथा योजना, सरोज थापालाई शहरी विकास र प्रचण्डविक्रम न्योपानेलाई उद्योग मन्त्रालय, खेम बहादुर सारुलाई स्वास्थ्य र सीता शर्मालाई ऊर्जा ,जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ४ : ११ बजे

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई – भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू

पातिहाल्नेमा हिउँमा फसेका २५० यात्रुको उद्धार

बागलुङ – भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको

बृहत् स्वास्थ्य शिविरमा एक हजार ६१९ जनाले लिए निःशुल्क सेवा

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको बृहत् निःशुल्क

विभेद्जन्य गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याइने छ : महानिरीक्षक कार्की

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जाति तथा

आजका समाचार : कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, मनाइयो इद, मौसममा सुधार हुँदै र अमेरिकाले इरानमाथिको दबाब घटाउने

पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थाननेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर