लुम्बिनीका मन्त्रीले १० दिनपछि पाए मन्त्रालय « Khabarhub

लुम्बिनीका मन्त्रीले १० दिनपछि पाए मन्त्रालय


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

बुटवल– लुम्बिनी प्रदेशमा मन्त्रीहरूको जिम्मेवारी तोकिएको छ ।

मन्त्री बनेका आठ सांसदहरूले मन्त्री बनेको १० दिनपछि जिम्मेवारी पाएका हुन् । मुख्यमन्त्री चेतनारायण आचार्यसहित एमालेबाट ५ र कांग्रेसबाट ४ मन्त्रीले यही साउन ९ गते शपथ लिएका थिए ।

सरकारले प्रदेश प्रमुख हटाएर नयाँ नियुक्तको सिफारिस गरेपछि मन्त्रीको जिम्मेवारी तोक्ने विषय ढिलाइ भएको थियो ।

शुक्रबार लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्ती मगरले पदभार ग्रहण गरेसँगै मन्त्री परिषद्ले मन्त्रीहरूको कार्य विभाजन भएको हो ।

कार्य विभाजनमा बादशाह कुर्मीलाई वन तथा वातावरण मन्त्रालय, भूमिश्वर ढकाललाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, दिनेश पन्थीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी, धनेन्द्र कार्कीलाई आर्थिक मामिला तथा योजना, सरोज थापालाई शहरी विकास र प्रचण्डविक्रम न्योपानेलाई उद्योग मन्त्रालय, खेम बहादुर सारुलाई स्वास्थ्य र सीता शर्मालाई ऊर्जा ,जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ४ : ११ बजे

एमालेको बन्दसत्र : बनेन अध्यक्ष मण्डल, ओली एक्लै सञ्चालक (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफूलाई चुनौती दिनेहरूलाई

अन्तै कुद्न थाले कांग्रेसबाट जितेका भोजपुरका जिसस प्रमुख थुलुङ

काठमाडौं- नेपाली कांग्रेसबाट जिल्ला समन्वय समिति भोजपुरको प्रमुख बनेका कमल

काठमाडौं महानगरपालिकाको रैथाने मौलिक खाद्य मेला २०८२

काठमाडौं- काठमाडौं महानगरपालिकोले ‘रैथाने मौलिक खाद्य मेला’ २०८२ सुरु गरेको

संसद्को जिम्मेवारी र सांसदको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीय संसद्को जिम्मेवारी

२६ सय बिन्दुबाट तल झर्‍यो नेप्से, ४ अर्ब बढीको भयो कारोबार

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.५० अंकले घटेको छ